पर्यटनमन्त्री भट्टराईलाई कोरोना संक्रमण पुष्टि
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
शुक्रबार बेलुकी ज्वरो आएपछि शनिबार स्वाब दिएका मन्त्री भट्टराईले साँझ कोरोना पुष्टि भएको हो । आफ्नो रिपोर्ट पोजेटिभ आएको मन्त्री भट्टराईले सामाजिक सञ्जालमार्फत बताएका छन् । हल्का ज्वरो बाहेक अरु समस्या नदेखिएको पनि उनले जनाएका छन् ।
मन्त्री भट्टराईले आफ्नो सम्पर्कमा आएकाहरुलाई सतर्क रहन आग्रह गरेका छन् ।