नेपाल आँखा अस्पतालले शुरु गर्यो पेडियाट्रिक ओपीडी
काठमाडौं । नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले नयाँ पेडियाट्रिक ओपीडी सेवा संचालनमा ल्याएको छ । बिश्व दृष्टि दिवस ‘दृष्टि प्रतिको आश’ भन्ने मुल मन्त्रसहित अस्पतालले बिहिवार एक कार्यक्रम आयोजना गरेको थियो । सोही कार्यक्रममा बरिष्ठ आँखा रोग बिशेषज्ञ एवम् नेपाल आँखा अस्पतालका संस्थापक तथा प्रमुख अतिथि डा. रामप्रसाद पोखरेलबाट सो सेवाको उद्घाटन भएको हो ।
उक्त अवसरमा बोल्दै डा. पोखरेलले ६ वर्ष देखि १० बर्षका स–साना नानीहरुको लागि स्थापना भएको ओपीडीमा उनीहरुको चेकजाँच गर्दा दुवै आँखाको बारेमा राम्ररी गर्न र भविष्यमा उनीहरुमा आँखाको समस्या आउन दोहोरिन नदिनको लागि अस्पताल र आँखा अस्पतालमा कार्यरत चिकित्सक र स्वाथ्यकर्मीहरुलाई आग्रह गर्दै पर्याप्त ध्यान पु¥याउन सुझाव दिएका थिए । आफुले नेपालमा आँखाको उपचार शुरु गर्दा र अहिलेको अवस्थाको तुलना गर्दा धेरै भिन्नता र परकफन आएको अनुभव सुनाए ।
क्यानाडा सरकारले शुरु अवस्थादेखि नै नेपाललाई आँखा उपचारको क्षेत्रमा अस्पताल निर्माणको लागि भौतिक र आर्थिक सहयोग पुरर्याउदै आएको स्मरण गरेका थिए ।
सोही अवसरमा रोटरी क्लव क्यानाडाले आँखा अस्पताललाई उपलव्ध गराएको सवारी साधन (टोयोटा हायस) नेपाल प्रतिनिधि अशोक कपालीले अस्पताल प्रमुख डा. गोपाल प्रसाद पोखरेललाई हस्तान्तरण गरेका छन् । आज उद्घाटन गरिएको पेडियाट्रिक ओपीडी ब्लकमा बालबालिकाहरुको मात्र उपचार गरिने अस्पतालले बताएको छ ।
अस्पतालले आयोजना गरेको उक्त कार्यक्रममा डा. कमल बहादुर खड्काले स्वागत मन्तव्य र दुष्टि दिवसको बारेमा युद्धध्वज सापकोटाले कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रमको सभापतित्व गरेका अस्पतालका प्रमुख डा. गोपाल पोखरेलले कार्यक्रममा सहभागि सवैलाई धन्यवाद दिदै कार्यक्रमको समापन गरेका थिए । कार्यक्रममा पुर्व पर्यटन मन्त्री एवम् बोर्ड सदस्य रहेका कृपाशुर शेर्पाको पनि उपस्थिति रहेको थियो ।