मोडलिङबाटै पहिचान वनाउँदै पल्पसा


काठमाडौं । विशेष गरी सामाजिक सेवामा रुचि राख्ने पल्पसा श्रेष्ठ रहरले मोडलिङ गरेकी छिन् । नेपाल टेलिकमलगायत विभिन्न पेपर एडमा मोडलिङ गरिसकेकी २१ वर्षीया पल्पसा भन्छिन्, ‘रहरले मात्र मोडलिङ गरेकी हुँ ।’
रुचिले मोडलिङ गर्दै आएका पल्पसाका तस्बिरहरु अनलाइन मिडियामा चर्चामा छ । केही दिनअघि उनले मोडलिङ फोटोसुट गरेकी हुन् । ‘मिस नेवा–२०१७’मा पार्टिशिपेन्ट भएपछि मोडलिङलाई रुचिका रुपमा अँगालेकी काठमाडौं बुढानिलकण्ठकी पल्पसा लियो क्लव अफ क्रियटिभ युथ, काठमाडौंकी अध्यक्ष हुन् । उनले उक्त सामाजिक संस्थामार्फत विभिन्न सामाजिक कार्यमा सक्रिय हुँदै आएकी छन् ।
हिस्सी परेकी पल्पसा आफूलाई चुँजी भएको बताउँछिन् । उनले लकडाउनकै बेला लायन्स क्लवसँग मिलेर विभिन्न सामाजिक सेवा गरेको पल्पसाले सुनाइन् । पल्पसाको उद्देश्य भने साइक्लोजिस बन्नु हो ।
गीत गाउन र डान्स गर्न पनि रुचाउने पल्पसा गिटार पनि आफैँ बजाउँछिन । पल्पसालाई केही म्युजिक भिडियोहरुमा समेत अफर आए पनि आफूले नगरेको बताइकी छिन् । आफ्नो भाषा र संस्कृतिप्रति गहिरो लगाव राख्ने पल्पसा भन्छिन्, ‘मिस नेवामा सहभागी भएपछि आफ्नो भाषा, संस्कृति र पहिरनप्रति धेरै सिक्न पाएँ ।’