जावलाखेलमा जनाबरको भान्साघर तयार

ललितपुर- जावलाखेलमा रहेको एक मात्र सदर चिडियाखाना राणा प्रधानमन्त्री जुद्धशमशेरले एक दशक पहिले नै व्यक्तिगत मनोरञ्जनका लागि राणकालिन समयमा स्थापना गरेका थिए ।

हाल ८३७ जनावररहेको उक्त सदरचिडियाखाना भाान्साघर को डिजनाईन राणाकालीन समयमा बनाएउको थियो। उक्त समयमा बनाइएको संरचना हाल ८३७ जनावरका लागि साघुंरो भएकोले। राणाकालीन संरचनामा बाइएको भान्साघर भत्काएर नयाँ भान्साघर बनाइएको छ।

राणाकालीन संरचना आधारित भान्साघर भत्काएर आधुनिक र फराकिलो भान्साघर बनाइएको उक्त सदर चिडियाखानाले जनाएको हो।

राणकालिन समयमा बनाइएको भान्साघरमा पकाउन पर्दा कठिन हुन्थ्यो तर अहिले नयाँ भान्साघर बनेपछि पकाउनेसँगै सरसफाइ गर्न र जनावलाई खाना भाग लगाएर दिन पनि सहज भएको चिडियाखानाका कर्मचारी बताउँछन्
चिडियाखानामा मुख्य र सहायक गरेर दुई किसिमका भान्साघर छन्। मुख्य भान्सामा नै सबै जनावरका लागि खानेकुरा पकाइने गरिएको छ। मुख्य भान्सामा पकाइएका खानेकुरा कुन बर्गका जनावरका लागि कति र कुन खोरका लागि कति भन्ने छुटयाएर सहायक भान्सामा लगिन्छ भने, ‘सहायक भान्साबाट नै जनावरलाई आवश्यक मात्रामा खानेकुरा र फलफूल दिइन्छ।

राणाकालिन समयमा बाइएका चिडियाखानाका पुराना संरचना भत्काएर नयाँ निर्माण गर्ने क्रममा आधुनिक भान्साघर पनि निर्माण गरिएको हो।

चिडियाखानामा अहिले पहिले भालु बस्दै आएको एउटा खोर मात्र बनाउन बाँकी छ।

विसं १९८९ मा शुरु भएको चिडियाखानाको व्यवस्थापन २२ वर्षदेखि राष्ट्रिय प्रकृति संरक्षण कोषले गरिरहेको छ। चिडियाखानामा वार्षिक झण्डै ११ लाख आन्तिरकि र बाह्य पर्यटक अवलोकन गर्न आउँछन्।यहाँ एक सय चौबिस प्रजातिका जनावर छन् ।यहां स्तनधारी, घस्रने, माछा, चरालगायतका प्रजातिका जनावर छन्। नेपालको एक मात्र यो चिडियाखाना विस्तारको योजनाको खाका समेत अघि बढेको छ ।

राणा प्रधानमन्त्री जुद्धशमशेरले व्यक्तिगत मनोरञ्जनका लागि स्थापना गरेको चिडियाखाना नै पछि सदर चिडियाखानाको रुपमा विकास गरि सर्वसाधारणका लागि समेत खुल्ला गरिएको थियो।