मानसरोवर पुग्न कोरला नाका छोटो मार्ग : मन्त्री ज्ञवाली
बेनी । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मानसरोवर पुग्नका लागि छोटो मार्ग हुने भएकाले कोरला नाका व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली एवम् उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री मुस्ताङको कोरला नाकाको स्थलगत निरीक्षणका क्रममा सो कुरा बताउनुभएको हो । मन्त्रीद्वय काठमाडौंबाट सिधै हेलिकोप्टरमार्फत नाकामा पुगेर कोरला नाका, सीमास्तम्भ, युरेनियम भएको भनिएको पहाडको निरीक्षण गर्नुभएको थियो ।
सीमा निरीक्षणपछि लोमन्थाङमा स्थानीय जनप्रतिनिधि तथा सुरक्षा निकायका प्रमुखहरुसँग कुरा गर्दै उहाँले अन्तर्राष्ट्रिय व्यपारका लागि कोरला नाका महत्वपूर्ण सावित हुने बताउनुभएको मुस्ताङकी प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार मुस्ताङ पर्यटकीय दृष्टि र अन्तर्राष्ट्रिय व्यापारका लागि समेत महत्वपूर्ण हुने मन्त्री ज्ञवालीले बताउनुभयो ।
निरीक्षणमा सहभागी उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भटट्टले अन्तर्राष्ट्रिय ब्यापारका लागि यो नाका महत्वपूर्ण भएकोले यसलाई विकास गरी व्यवस्थित तबरले सञ्चालन गरिने बताउनुभएको थियो ।
कोरला नाका निरीक्षणमा मन्त्रीद्वयसँगै परराष्ट्र सचिव, उद्योग सचिव एवम् जिल्लाका प्रदेश तथा संघीय सांसदहरुको उपस्थिति थियो ।
अर्यालका अनुसार मन्त्रीद्वय कोरोला नाका निरीक्षण गर्नुका साथै चीन नेपाल दुई देशीय ब्यापारिक नाकालाई कसरी प्रवर्धन र विकास गर्न सकिन्छ भन्ने बारेमा स्थलगत अध्ययन एवम् निरीक्षणका लागि आउनुभएको हो । कार्यक्रममा मुस्ताङको सुरक्षा अवस्थाको बारेमा प्रमुख जिल्ला हीरादेवी पौडेलले जानकारी गराउनुभएको थियो ।
कोरला नाकामा जिल्लाका सुरक्षा समिति, प्रतिनिधिसभा सांसद प्रेम तुलाचन, प्रदेश सभा सांसद इन्द्रधारा विष्ट, महेन्द्र थकाली, चन्द्रमोहन गौचनसमेत कोराला पुग्नुभएको थियो ।
uf]/vfkq cgnfOgaf6