मन्त्रिपरिषद पुनर्गठन : अर्थमा पौडेल, सञ्चारमा गुरुङ र शहरी विकासमा श्रेष्ठ
रक्षामन्त्रीबाट हटाइए पोखरेल
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले मिति २०७४/११/३ गते गठित मौजुदा मन्त्रीपरिषद् नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा पुनर्गठन गर्नु भएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
पुनर्गठित मन्त्रीपरिषद्अनुसार रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओली आफै राखेका छन् भने यसअघि उपप्रधानसहित रक्षा मन्त्री रहेका इश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारी दिइएको छ ।
त्यसैगरी, अर्थ मन्त्रालयमा विष्णु पौडेल, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पार्वत गुरुङ, शहरी विकास मन्त्रालयमा कृष्णगोपाल श्रेष्ठ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा लीलानाथ श्रेष्ठ नियुक्त भएका छन् ।
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण भोलि हुने बताइएको छ ।