पूर्वप्रधानमन्त्री भट्टराईलाई चेतावनीसँगै चुनौती
काठमाडौं । पुर्वप्रधानमन्त्रीसमेत रहेका जनता समाजबादी पार्टीका बरिष्ठ नेता डा. बावुराम भट्टराईले केही दिन अगाडि लगाएको आरोप पुष्टि गर्न राजनीतिक दल र तिनका नेताहरुले चुनौति दिएका छन् । सत्तारुढ दल नेकपाका अध्यक्षद्धय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्प कमल दाहाल प्रचण्ड तथा पुर्व प्रधानमन्त्री एवम् हाल संसदको प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवामाथि पुर्व प्रधानमन्त्री भट्टराईले भ्रष्टाचारको गंभिर आरोप लगाएका थिए ।
अघिल्लोे बिहीवार आप्mनो निर्वाचन क्षेत्र गोरखा पुगेका नेता भट्टराईले कार्यकर्ताका माझ खुल्लारुपमा मुलुकका शक्तिशाली राजनीतिक पार्टीका प्रमुख नेताहरुले नौ अर्व रकम भ्रष्टाचार गरेको आरोप लगाउँदै त्यसको प्रमाण आफुसँग रहेको बताएका थिए । उनले यो आरोप लगाएसँगै मुलुकको राजनीतिमा नयाँ तरङ्ग उत्पन्न भएको थियो ।
तर उनको यो आरोप अहिले पानीको फोका सरह बिस्तारै बिलाउन थालेको छ । मुलुकको प्रमुख कार्यकारी पद संहालेका र अर्थमन्त्रीको भुमिकासमेत कुशलतापुर्वक निभाइसकेका पुर्व प्रधानमन्त्री भट्टराईले हचुवा र अनुमानको भरमा नेताहरुमाथि यस्तो आरोप पक्कै लगाएका होइनन् र थिएनन् होला भन्ने अनुमान र बुझाई धेरैको थियो । तर उनले लगाएको संगिन र गंभीर आरोपलाई राजनीतिक दल र तिनका नेताहरुले खण्डन गर्दै उल्टै हचुवाको भरमा यस्तो अभिव्यक्ति नदिन चुनीति दिइरहेका छन् ।
बुढी गण्डकी बिद्युत आयोजना निर्माणको नाममा बर्तमान प्रधानमन्त्री ओली, नेकपाका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री दाहाल र नेपाली काँग्रेसका सभापति एवम् पुर्व प्रधानमन्त्री देउवाले ९ अर्व रकम भ्रष्टाचार गरेको उनले आरोप लगाएका थिए ।
भट्टराईले यत्रो रकम भ्रष्टाचार गरेर सो आयोजना बन्न नदिएर अलपत्र पारेको आरोपसमेत लगाएका थिए । उनले लगाएको आरोपका बारेमा सत्तारुढ दल नेकपा र नेपाली काँग्रेसले आप्mनो धारणा बाहिर ल्याउँदै आरोप पुष्टि गर्नका लागि उल्टै चुनौति दिइसकेका छन् । कतिसम्म भने उनकी श्रीमती हिसिला यमीले गरेको भ्रष्टाचारलाई ढाकछोप गर्नका लागि उनले यस्तो अभिव्यक्ति दिएर जोगाउन खोजेको रुपमा काँग्रेसका कार्यकर्ताले अथ्र्याएका छन् । साथै काँग्रेसको मतले सांसद पदमा पुगेका उनले उल्टै काँगेसमाथि नै गैरजिम्मेवार बनेर भ्रष्टाचारको आरोप लगाएपछि जुन थालमा खाएको सोही थालमा चुठेको भन्दै उनको कडा शव्दमा निन्दा गरेका छन् ।
सस्तो लोकप्रियताका लागि सार्वजनिक रुपमा भाषण गरेपनि अहिले यो बिषय उनको लागि पेचिलो बन्दै गइरहेको छ । नेकपा र नेपाली काँग्रेसले आरोपको पुष्टि गर्न चेतावनी दिएका छन् भने साझा, बिवेकशील र राप्रपालगायतका राजनीतिकदल र बुद्धिजीवीहरुले प्रमाणसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गर्न आग्रह गरेका छन् । तर भट्टराई भने भीरको फर्सि भएका छन् । नत उनीसँग प्रमाण नै नत हचुवाको भरमा बोलेको शव्द फिर्ता लिनको लागि सहजता नै छ ।