शान्तिदीपमा नयाँ कार्यसमिति
चितवन / भरतपुर १६ को शान्तिदीप एकता टोल विकास संस्थामा शनिवार शिशिर सापकोटाको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको छ । संस्थाको उपाध्यक्षमा रचना रिजाल पण्डित सचिवमा चन्द्रकला रामदाम र कोषाध्यक्षमा संगम सापकोटा चुनिएका छन् । यसैगरि आइतीमाया गुरुङ, पूर्ण केसी, रामप्रसाद पौडेल, विष्णु थापा केसी र सान्तमाया तामाङ सदस्यमा छानिएका छन् ।
शनिवार सम्पन्न संस्थाको साधारणसभाले गठन गरेको लेखा समितिको संयोजकमा सुरेन्द्र विक.सदस्यद्वयमा नीलकण्ठ अधिकारी र माया सापकोटालाई चुनेको छ ।
निवर्तमान अध्यक्ष मिनबहादुर लामाको सभापतित्वमा सम्पन्न विशेष साधारणसभामा वडा सदस्य रामप्रसाद ढकाल र स्थानीय समाजसेवी रामशरण पण्डितले नयाँ कार्यसमितिलाई बधाई र निवर्तमान कार्यसमितिलाई धन्यवाद टत्र्mयाउँदै संस्थाको विकासमा टेवा पु¥याउन कामना गर्नुभयो । साधारणसभामा सरोज ढकाल, गणेश केसी, राजेन्द्र हमाल, रामचन्द्र सापकोटा, सुरेन्द्र वि.क., रविन्द्र भट्टराई र ज्ञानेन्द्र भट्टराईलगायतले नयाँ कार्यसमितिलाई सुझाव दिनुभएको थियो । कार्यक्रम निवर्तमान सचिव बाबुराम भट्टराईले संचालन गर्नुभएको थियो ।
पूर्वअध्यक्ष तथा वरिष्ठ समाजसेवीहरूलाई नयाँ कायस्मितिको बैठकले सल्लाहकार र आवश्यकताअनुसार अन्य समिति एवं उपसमितिहरू गठन गर्नेछ ।