राष्ट्रपति भण्डारीद्वारा २ महिनाको तलब र चाडपर्व खर्च कोरोना उपचार कोषमा जम्मा

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारद्वारा स्थापित ‘कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोष’मा चालु आर्थिक वर्षको आफ्नो दुई महिनाको पारिश्रमिक प्रदान गर्नु भएको छ ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड –१९को रोकथाम एवं नियन्त्रणका लागि स्थापित सो कोषमा आफूलाई चाडपर्व खर्चबापत प्राप्त हुने रकम पनि राष्ट्रपतिले प्रदान गर्नु भएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालद्वारा आज प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।
राष्ट्रपतिले पारिश्रमिकस्वरुप मासिक एक लाख ७७ हजार ५ सय ३१ रुपैयाँ पाउँनु हुन्छ ।