नेपाली कांग्रेसले चियापान कार्यक्रम नगर्ने
काठमाडौँ । नेपाली कांग्रेसले यो वर्ष शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम नगर्ने भएकोछ ।
कोजाग्रत पूर्णिमाका दिन आयोजना गरिँदै आएको चियापान कार्यक्रम यस वर्ष कोभिड—१९ का कारण आयोजना नगरिने निर्णय भएको कांग्रेसले जनाएको छ ।
वि.सं. २०३३ सालमा जननायक बी.पी. कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह आयोजना गरी शुभकामना आदान–प्रदान गर्दै आएको थियो ।