गुल्मीमा कारोना भाईरस संक्रमितको संख्या ७ सय नाघ्यो

÷ गुल्मीमा कोरोना भाइरस संक्रमितको संख्या ७ सय नाघेको छ ।स्वास्थ्य कार्यालय गुल्मीका अनुसार अहिलेसम्म जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या ७०६ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ६३४ जनाले कोरोना भाइरस जितेर घर फर्किएका छन् । अहिले यस जिल्लामा संक्रिय संक्रमितको संख्या ६४ रहेको छ ।

अन्य जिल्लामा संक्रमण पुष्टि भई उपचारका लागि रेफर भई आएकाको संख्या ३४ रहेको छ । कोरोना भाइरस कोभिड–१९ परिक्षणका लागि यस जिल्लाबाट अहिलेसम्म ५ हजार १ सय ५० जनाको स्वाब संकलन गरिएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ लाई मध्यनजर गर्दै जिल्लामा १४९ बेड क्षमताको आइसोलशेन निर्माण गरिएको छ । अहिले होम आइसोलशेनमा ६४ जना रहेका छन् । जिल्लाका विभिन्न स्थानमा ७९०बेडक्षमताको क्वारेन्टीन निर्माण गरिएको छ । अहिले होम क्वारेन्टीनमा २२० जना रहेका छन् । यस जिल्लामा कोभिड–१९ संक्रमणका कारण ८ जनाको मृत्यु भएको छ ।

लकडाउन भएदेखि हालसम्मको अवधिमा भारतबाट ७ हजार ७२८ जना यस जिल्लामा भित्रिएका छन् । यस्तै भारत बाहेका अन्य तेश्रो मूलुकबाट ४८५ जना भित्रिएका स्वास्थ्य कार्यालय गुल्मीका सुचना अधिकारी पशुपति आचार्यले जानकारी दिनुभयो ।