थपिए २ हजार ९३३ सङ्क्रमित, थप २४ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ९३३ जनामा कोरोनाभाइरस संक्रमित थपिएका छन् भने थप २४ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका समेत गरेर नेपालमा सङ्क्रमित संख्या १ लाख ७६ हजार ५ सय पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार १५० जना कोरोना सङ्क्रमित निको भएको मन्त्रालयले जनाएको छ । हालसम्म १ लाख ३७ हजार ९९२ सङ्क्रमित निको भएका छन् ।
हाल नेपालमा ३७ हजार ५२४ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा २४ जना सङ्क्रमितको मृत्यु भएसँगै नेपालमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या ९८४ पुगेको छ ।
कहाँ कति थपिए संक्रमित ?
प्रदेश १ को इलाममा २, उदयपुरमा ५, ओखलढुंगामा १, झापामा ६०, तेह्रथुममा २, धनकुटामा २, मोरङमा ३९, सुनसरीमा ८५, सोलुखुम्बुमा २९ र संखुवासभामा २ जनामा थपिएका छन् ।
त्यस्तै प्रदेश २ को धुनषामा २३, पर्सामा १५, बारामा ९, महोत्तरीमा ६, रौतहटमा ३२, सप्तरीमा ३, सर्लाहीमा ७ र सिरहामा ९ जनामा कोरोना संक्रमण पाइएको छ।
बागमती प्रदेशको काठमाडौंमा मात्र १ हजार ३ सय २९ जनामा कोरोना पुष्टि भएको छ भने काभ्रेमा ८५, चितवनमा १ सय ६८, दोलखामा ८, धादिङमा १४, नुवाकोटमा १९, भक्तपुरमा १ सय ८, मकवानपुरमा ३३, रसुवामा ८, रामेछापमा ३, ललितपुरमा १ सय ९३, सिन्धुलीमा ८ र सिन्धुपाल्चोकमा २७ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
गण्डकी प्रदेशको कास्कीमा १ सय २७, गोरखामा ४६, तनहुँमा १३, नवलपरासी पूर्वमा ४०, पर्वतमा ९, लमजुङमा ५, बाग्लुङमा ६ र स्याङजामा ९ जनामा कोरोना पुष्टि भएको छ।
लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४, कपिलवस्तुमा ५, गुल्मीमा ५, दाङमा ६४, नलवपरासीमा २१, प्युठानमा १, बर्दियामा ८, बाँकेमा २०, रुपन्देहीमा १ सय ४६ र रोल्पामा २ जनामा कोरोना पाइएको छ।
यस्तै, कर्णाली प्रदेशको डोल्पामा १, दैलेखमा ७, सल्यानमा १ र सुर्खेतमा ४ जनामा कोरोना पुष्टि भएको छ।
सुदूरपश्चिमको अछाममा २, कञ्चनपुरमा १२, कैलालीमा २६, डडेल्धुरामा ७ र बैतडीमा ३ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।