थप ३ हजार ३०९ जनामा कोरोना संक्रमण, थप ३० जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ३०९ जनामा कोरोनाभाइरस संक्रमण भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारी अनुसार नेपालमा संक्रमितको कुल संख्या १ लाख ८२ हजार ९२३ पुगेको छ ।
कुल संक्रमित मध्ये हाल ३६ हजार ९११ जनामा भाइरस सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ८४४ जना निको भएका छन् । हालसम्म संक्रमण मुक्त हुनेको संख्या १ लाख ४४ हजार ९७८ जना पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ३० जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । योसँगै मृतकको कुल संख्या १ हजार ३४ पुगेको छ।
आज कहाँ कति थपिए संक्रमित ?
प्रदेश १ – इलाममा १, उदयपुरमा १३, खोटाङमा १, झापामा ६८, ताप्लेजुङमा १, धनकुटामा ४, पाँचथरमा १५, भोजपुरमा २, मोरङमा १ सय ७२, संखुवासभामा १ र सुनसरीमा १ सय ३० जना ।
प्रदेश २ – धुनषामा २२, पर्सामा २, बारामा १३, महोत्तरीमा ९, रौतहटमा १२, सप्तरीमा १०, सर्लाहीमा ४ र सिरहामा ८ जना ।
बागमती प्रदेश – काठमाडौंमा १ हजार ५ सय ७० जना, काभ्रेमा ६६, चितवनमा ८८, दोलखामा १६, धादिङमा १५, नुवाकोटमा ६२, भक्तपुरमा १ सय १९, मकवानपुरमा ४९, रसुवामा १, रामेछापमा ९, ललितपुरमा १ सय ८९, सिन्धुलीमा १४ र सिन्धुपाल्चोकमा १३ जना ।
गण्डकी प्रदेश – कास्कीमा १ सय ९८, गोरखामा १५, तनहुँमा २४, नवलपरासी पूर्वमा १८, पर्वतमा ३, म्याग्दीमा १५, लमजुङमा ७, बाग्लुङमा २ र स्याङजामा २३ जना ।
लुम्बिनी प्रदेश – अर्घाखाँचीमा २७, कपिलवस्तुमा ६, गुल्मीमा २, दाङमा ८, नलवपरासीमा १०, पाल्पामा १२, प्यूठानमा ९, बर्दियामा १९, बाँकेमा ४६ र रुपन्देहीमा १ सय १० जना ।
कर्णाली प्रदेश – कालिकोटमा २, जुम्लामा ४, दैलेखमा ६, रुकुम पश्चिममा ६ र सुर्खेतमा २ जना ।
सुदूरपश्चिम प्रदेश – अछाममा २, कञ्चनपुरमा १, कैलालीमा १८, डडेल्धुरामा ३, दार्चुलामा १, बझाङामा ६ र बैतडीमा ५ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।