गुल्मीमा राष्ट्रिय परिचयपत्र विवरण संकलन कार्यक्रमको शुभारम्भ”
गुल्मी- राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण बिभागबाट जिल्लाको गुल्मीदरबार गाउँपालिकामा मिति२०७७/०७/०२२ गतेदेखि राष्ट्रिय परिचयपत्र वितरणको लागि विवरण संकलन शुरूवात गर्ने कार्यक्रम सम्पन्न भयो ! कार्यक्रमको अध्यक्षता प्रमुख जिल्ला अधिकारी श्री भरतकुमार शर्मा,प्रमुख अतिथि गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष श्री अशोक कुमार थापा,बिशेष अतिथि गाउँपालिका उपाध्यक्ष मिना भण्डारी,राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण बिभागका सूचना प्रबिधि निर्देशक शुभाष ढकाल गुल्मीदरबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री लक्ष्मण पाण्डे जिल्ला प्रशासन कार्यलय गुल्मीका प्रशासकीय अधिकृत द्वय श्री उद्वव पन्थी श्री श्याम न्यौपाने लगायतको विशेष उपस्थिति रहेको थियो भने गुल्मीदरबार गाउँपालिकाका बडा अध्यक्षहरु,बडा सचिब तथा रुजु अधिकारी हरुको पनि उपस्थिति रहेको थियो ! सो कार्यक्रममा बिभागका निर्देशक शुभाष ढकालले राष्ट्रिय परिचयपत्रको महत्त्व र विशेषताका बारेमा जानकारी गराउनु भएको थियो ! कार्यक्रमका अध्यक्ष एबम प्रमुख जिल्ला अधिकारी श्री भरतकुमार शर्माले नागरिकको जैविक तथा वैयक्तिक विवरण संकलन गरि वहुउपयोगी राष्ट्रिय परिचयपत्र वितरण गर्ने राष्ट्रिय महत्त्वको कार्यक्रमलाई गुल्मीदरबार गाउँपालिकाका जनप्रतिनिधि,कर्मचारीको यो चुस्त टिमले सबै नागरिकलाई समेटिने गरि सफल बनाउन सबैलाई अनुरोध गर्नु भयो ! उक्त कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष अशोक कुमार थापाले राष्ट्रिय महत्त्वको कार्यक्रम जिल्लामा पहिलो पटक गुल्मीदरबार गाउँपालिकामा शुभराम्भ गर्ने अबसर जुटाइदिनु भएकोमा राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण बिभाग,जिल्ला प्रशासन कार्यालय गुल्मीलाई विशेष धन्यवाद ज्ञापन गर्नु भयो ! कार्यक्रमको संचालन जिल्ला प्रशासन कार्यलय गुल्मीका प्रशासकीय अधिकृत श्री उद्वव पन्थी ले गर्नु भएको थियो !