अमेरिकाको ४६ औं राष्ट्रपतिमा जो बाइडेन

काठमाडौं । बिश्वको शक्तिशाली मुलुक अमेरिकाको ४६ औं राष्ट्रपतिमा जो वाइडेन निर्वाचित भएका छन् । रिपव्लिकन पार्टीका नेता तथा बर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराउँदै डेमोक्रेटिभ पार्टीका उम्मेदवार वाइडेन राष्ट्रपति निर्वाचित भएका हुन ।
८७ बर्षिय वाइडेन यसअघि सिनेटर र पुर्व राष्ट्रपति वाराका ओवामा राष्ट्रपतिकार्यकाल अर्थात सन २००९ देखि २०१७ सम्म दुई पटक उपराष्ट्रपति भइसकेका सफल र पुराना राजनीतिज्ञ हुन । तीन दशक पछि बहालवाला राष्ट्रपतिलाई हराउने उनी पहिलो व्यक्ति र राष्ट्रपतिसमेत बनेका छन । ७४ बर्षे ट्रम्पलाई राष्ट्रपति छदैं हराउने उनी अर्थात वाइडेन शक्तिशाली ब्यक्ति मात्र साबित भएका छैनन, उनी लोकप्रिय मत प्राप्त गर्ने पहिलो राष्ट्रपतिसमेत बन्न पुगेका छन ।
कोरोना महामारी रोगलाई सामान्य रुपमा लिएर धेरै अमेरिकी जनताको ज्यान लिएको आरोप बर्तमान राष्ट्रपति ट्रम्पमाथि लाग्दै आएको छ । उनी मुडी स्वभावका रहेको पनि बताइएको छ । प्राय अमेरिकामा एउटै व्यक्तिले दुई कार्यकाल शासन गर्दै आएको भएपनि ट्रम्पको हकमा भने यो लागु भएन र हुन सकेन । उनकै कारण अमेरिकी जनताले ट्रम्पलाई एकै कार्यकाल मात्र शासन गर्न दिएर बिदाई गरे ।
निर्वाचन परिणामलाई लिएर ट्रम्पले अदालतमा मुद्धा दायर गरेको भएपनि बहुमत अमेरिकी जनताले उनको यो कदमलाई अस्वभाविक भनेका छन । व्यापारिक घरानाका ट्रम्पको तुलनामा वाइडेन सफल र कुशल राजनीतिज्ञ हुनुका साथै जनतालाई प्रभावित पार्नसक्ने खुवीमा रहेको बताइन्छ ।
वाइडेन बिदेश नीतिमा लामो अनुभव बोकेका जानकार पनि हुन । यसअघि सिनेटको बिदेश सम्वन्ध समितिका अध्यक्ष समेत रहेका थिए । ४५ वर्षे लामो राजनीतिमा बिश्वको सवै अग्रणी नेतासँग उनको सम्वन्ध र भेट रहेको उनको दावी छ । वाइडेनको जन्म सन १९४२ नोवेम्वर २० मा भएको हो ।