काँग्रेसको रडाको पनि उस्तै
काठमाडौं । नेपाली काँग्रेस भित्रको रडाको यथावत रहेको छ । लामो समय देखि आगामी १४ महाधिवेशनको बिषय र कार्यतालिकालाई लिएर सो पार्टी भित्र रडाको मच्चिदै आएको छ । आगामी फागुन ७ देखी ११ गतेसम्म हुनेगरी तय भएको महाधिवेशनको गर्ने कार्यतालिका यसअघि नै तय भएको थियो ।
तर मुलुकमा कोरोना महामारीका कारण र पार्टीको आन्तरिक किचलोको कारण निर्धारित समयमा महाधिवेशन नहुने पक्कापक्की भइसकसेको छ । अव संस्थापन पक्षले चाहेर पनि निर्धारित समयमा महाधिवेशन गर्न सक्ने अवस्था छैन । संस्थापन इतर समुहले जति कराए पनि महाधिवेशनको लागि गर्नुपर्ने तयारी हुन सकिरहेको छैन । जसका कारण अव कुनै पनि हालतमा निर्धारित मिति र समयमा महाधिवेशन नहुने कुरामा मुख्य नेताहरु सहमत जस्तै भइसेका पनि छन । तर यही बिषयलाई निहुँ बनाएर पार्टीमा रडाको मच्चाउने नेताहरु पनि उतिक्कै सक्रिय भएर लागेका छन ।
सभापति शेर बहादुर देउवाले महाधिवेशनको लागि गर्नुपर्ने आन्तरिक सांगठिनक काम भन्दा पनि समय घर्की सकेपछि पार्टीका बिभागहरुको गठन र आफु निकटका नेताहरुको व्यवस्थापन गरेको भन्दै संस्थापन इतर समुहले बिरोध गरिरहेको छ । पार्टी भित्र यो कुराको सुनुवाई हुन सकिरहेको छैन । जसका कारण संस्थापन इतर समुहका नेताहरु सभापति देउवा बिरुद्ध खुलेर लागिरहेको भएपनि देउवाले वास्तै गरेका छैनन । महाधिवेशनकै बिषयलाई
लिएर बरिष्ठ नेता रामचन्द्र पौडेल समुहले केन्द्रिय समितिको बैठक बोलाउन भन्दा पनि सभापतिले एकलौटी ढंगले गठन गरेको बिभागहरु नै खारेज गर्नुपर्ने माग अगाडि सार्दै आएका छन ।
केन्द्रिय समितिको बोलाउनु भन्दा पनि सभापति देउवाले पार्टी पदाधिकारी र पुर्व पदाधिकारीको बैठक बोलाएका छन । सो वैठकमा महाधिवेशनको बिषयसँग सम्वन्धित कुरामा छलफल भएपनि कुनै ठोस निर्णय भने निस्कन सकिरहेकोे छैन । मैले गरेको बिभागको बिषयमा अब कुरा नगरौं र अरु बिषयमा छलफल केन्द्रित गर्न देउवाले आग्रह गरेका छन ।
यसअघि नै बरिष्ठ नेतालगायत २७ जन केन्द्रिय सदस्यहरुले १६ बुदेँ माग अगाडि सारेका थिए । सो माग पुरा नभएसम्म केन्द्रिय समितिको बैठक बोलाउनुको कुनै औचित्य नरहेको उनीहरुको धारणा रहेको छ । तर सभापति देउवा आफनो आडानबाट टसमस नभइ बिभाग खारेज गर्ने पक्षमा भन्दा पनि दृढताकासाथ उभिन खोजिरहेका छन ।
नेपाली काँग्रेसका केन्द्रिय समितिको बैठक भोली सोमवार १ बजेको लागि बोलाइएको छ । उद्यपी धेरै केन्द्रिय सदस्यहरुमा कोरोना संक्रमण पुष्टि भएकोले तत्काल केन्द्रिय समितिको बैठक बसीहाल्छ भन्ने संभावना भने न्युन रहेको बताइएको छ । जसले गर्दा पार्टी भित्रको आन्तरिक किचलो तत्काल मत्थर भइहाल्ने संभावना र परिस्थिति टदैं गइरहेको बताइएको छ ।