ओलीको घमण्डले नेकपा फुटको संघारमा !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीमा चढेको सत्ता उन्मादका कारण नेकपा पुन फुटको संघारमा पुगेको छ । नेकपामा बाराम्वार बिधि र पद्धतीको बिषय उठने गरेका छन । तर प्रधानमन्त्री ओलीले यी बिषयलाई पालना गर्नुको सट्टा उल्टै ठाडै धोती लगाउ“दै आइरहेका छन । हुन त नेपालमा कम्युनिष्टहरुलाई सत्ता फाप्दैन भनिन्छ । यो कुराको पुष्टि सत्तारुढ दल नेकपा र अझ त्यस दलका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको राजनीतिक व्यवहारले पुष्टि गर्दै आइरहेको छ ।
कम्युनिस्ट पार्टी भनेको बिधि र पद्धतिवाट संचालन र चल्नुपर्ने हो । तर प्रधानमन्त्री ओली यो कुरा बिल्कुलै र कुनै पनि हालतमा मान्न तयार छैनन । उनी म नै सर्वेसर्वा हुँ र नेकपाका अरु नेता मेरा लागि केही र कोही पनि होइनन भने झै गरी आफनै तालमा छन । पाँच वर्षको लागि सर्वैसर्वा मै हुँ अरु कसैलै बोल्न पाउँदैन र बोले भने उनीहरुको खैरात छैन भनेर धम्की पनि दिइरहेका छन । उनी यसरी निरन्तर एकलौटी ढंगले अगाडि बढन खोज्दा मुलुकमा ठुलो राजनीतिक दुघर्टना निम्तिन खोजिरहेको आभास सर्वत्र हुन थालेको छ ।
प्रधानमन्त्री ओलीले पार्टी र नेकपाका मुख्य नेताहरुलाई रौं बरावर नै ठान्ने गरेका छैनन । मन परेको नेतालाई च्यापेको च्याप्पै गर्ने र आफनो बिरोध गर्नेहरुलाई पेलेरै भित्तामा पुरर्याउने उनको रणनीति रहेको देखिन्छ । बालुवाटार जग्गा प्रकरणमा मुछिएका र नेकपाका नेता तथा कार्यकतामाझ बदनाम भएका पात्र महासचिव बिष्णु पौडेलाई चोख्यार हालै पुरस्कार स्वरुप अर्थ मन्त्रालयको जिम्मा दिइएको छ । यस्तै पुर्व अर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिकाको लागि राजदुत बनाउन प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदबाट सिफारिस गरेका छन । खतिवडालाई बिभिन्न लाभका पद दिइरहने तर तीन तीन पटक जनताको भोटबाट चुनाव जितेर जनतामाझ लोकप्रियता कमाएकाहरुलाई पाखा लगाउँने काम भएको छ । जीवनभर ओलीको नाममा राजनीति गरेका र उनकै झोला बोकेर अनुहार ख्याउटे बनाएका खोटाङका बिशाल भट्टराईहरु अहिले ओझेलमा परेका छन र पारिएका छन । तर पार्वत गुरुङहरुलाई सरकारमा पुरस्कृत गर्ने काम भइरहेको छ ।
यी र यस्ता बिषय पार्टीमा किन दोहोरिरहन्छन भनेर कुरा उठाउँदा पार्टीभित्रैवाट आफुलाई असहयोग गर्ने काम भइरहेको उल्टो आरोप लगाएर प्रधानमन्त्री ओली बमबम हुने गरेका छन । पार्टी भित्र एउटा बिधि र पद्धती बसाएर अगाडि बढन र सोहि अनुरुपको व्यवहार गर्न बहस चलेपनि त्यसलाई लत्यार अगाढि बढने काम निरन्तर भइरहेको छ । उनीससिहत तीन तीन जना प्रधानमन्त्री भइसकेका नेताहरु नेकपामा छन उनीहरुले बाराम्वार पद्धती बिधिको कुरा उठाइरहेका छन । तर उनीहरुले उठाउने गरेका कुनै पनि कुरालाई प्रधानमन्त्री ओलीले गंभिर रुपमा लिने गरेका छैनन । जसको कारण बिगत सात महिना देखि नेकपा भित्रको आन्तरिक लडाईं र कलहका कारण मुलुकका मुख्य राजनीतिक समस्या जहाँको त्यहीं रहन पुगेका छन ।
मुलुक कोरोना महामारीको कारणले थिलथिलो बनिरहेको छ । सर्व साधरण नागरिक खान नपाएर भोकभौकै बस्न बाध्य छन । त्यसको परिदृष्य टुँडिखेलमा लाम लागेर दिनहुँ भेट भर्नको लागि जनता लाइन बसेको घटनाले पनि पुष्टि गरिरहेकै छ । मुलुकको ताजा अवस्थाको बारेमा अवोलोकन गर्न टाढा र दुरदराजका गाउँमा जानु नै पर्दैन । संघीय राजधानीमा यस्ता उदाहरण बिगत लामो समय देखि देखिरहेर्क छ । त्यो पनि बालुवाटार र सिंहदरवारबाट छलङग प्रधानमन्त्रीको आँखा अगाडि नै भइरहेका छन । यी जनताले दैनिक भोग्नु परेको समस्यालाई कसरी अन्तय गर्ने भन्दा पनि उनीहरुलाई खाना खुवाउनेहरुलाई सरकार उल्टै गाली गरिरहेको छ । काठमाडौं महानगरपालिकाले त यसरी भोका नागरिकलाई खाना नखुवाउनका लागि पत्रकार सम्मेलन गरेर उर्दी नै जारी गरेको छ ।
मुलुकमा कम्युनिष्ट सरकार रहेको भान आम नागरिकले गर्न सकिरहेका छैनन । यस्तो समयमा सरकार उल्टै आम नागरिकको जिवन रक्षा गर्ने दायित्वबाट भाग्ने र पन्छिने प्रयत्न गरिरहेको माथिको घटनाबाट पनि प्रष्ट भएको छ । गरीव निमुखा जनताको पक्षमा काम गर्न नसके पनि मुलुकमा बिधिको शासन, सुशासन, भ्रष्टाचारमुक्त समाज र भयरहित मुलुक बनाउनको लागि बातावरण बनाउन सकेको भएपनि सन्तोष गर्न सकिन्थ्यो होला । अहिले यी काममा पनि सरकार लागि परेको देखिदैन ।
पार्टीभित्रको आन्तरिक बिवाद बढेर मुलुक जर्जर बनेको छ । छिमेकीमुलुकसँग पनि राम्रो समवन्ध बन्न सकिरहेको थिएन र छैन । लामो समयदेखि छिमेकीमुलुक संवादहिन बनेको अवस्थाको अन्तय हुन खोजेको होकी भन्ने भान बल्ल हुन थालेको देखिन्छ । केहीदिन र हप्ताबाट भारतीय कर्मचारी बर्गबाट नेपाल भ्रमणको थालनी हुन थालेको छ । यसले दुई मुलुकका बिचमा चिसिएको सम्वन्धमा सुधार हुने संकेत मिलिरहेको छ । तर पनि आन्तरिक बिवादले नेकपाको अवस्था सुध्रने भन्दा पनि बिग्रनेतर्फ नै बढि अग्रसर हुने संकेतहरु मिलिरहेका छन ।
गएको भदौ २६ गते बसेको स्थायी समितिको बैठकले गरेको निर्णय बिपरित प्रधानमन्त्री ओली निरन्तर अगाडि बढिरहेकोले पनि नेकपाको अवस्था असहज बनेको हो । सो बैठकले मन्त्रिपरिषद बिस्तार, प्रदेश सरकार, राजनीतिक नियुक्तिका बिषयमा पार्टीको सरसल्लाह गर्नुपर्ने भनिएको थियो । तर प्रधानमन्त्री ओलीले पार्टीमा सरसल्लाह बेगर नै तीन जना मन्त्रीको नियुक्ति, अमेरिका, बेलायत र अफ्रिकाको लागि राजदुत सिफारिस गरे । यसैगरी मुख्य सचिवको नियुक्तिमा पनि पार्टीमा कुनै सरसल्लाह गरेनन ।
यसपछि पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समुहले प्रधानमन्त्री ओलीलाई काउन्टर दिनका लागि कर्णाली प्रदेशमा मन्त्रिमण्डल फेरबदल गर्न खोजे । सो घटनाले प्रधानमन्त्री ओली मत्थर हुनुको सटट उल्टै गोगन साप भएर प्रस्तुत हुन पुगे । जसका कारण अहिले नेकपाको आन्तरिक किचलो झन गिजोलिन पुगेको बताइएको छ । सचिवालय बैठक बोलाउनका लागि सदस्यहरुले बाराम्वार माग गरेपनि उनले बाल दिएका छैनन । यसैगरी स्थायी र केन्द्रिय समितिमा पनि प्रधानमन्त्री ओली अल्पमतमा छन । उनी अल्पमतमा परेपछि बैठक नै नबोलाउने रणनीति बनाएका छन । प्रचण्डले बाराम्वार बालुवाटार धाएपनि उनलाई उल्टै हप्काएर पार्टी फुटाएर अलग भएर जानको लागि धम्काउने गरेका छन । बहुमतको नाममा पार्टीको बैठक बोलाउने काम गरेमा पार्टी फुटाएको आरोप लगाउने उल्टै चेतावनी दिदै आएका छन ।
शुक्रवार प्रचण्ड–माधव समुहले पार्टी कार्यालयमा बैठक गरेका छन । सो वैठकमा सचिवालय सदस्यहरुलाई बोलाइएको भएपनि प्रधानमन्त्री ओली र उनी पक्षधर नेताहरु गृहमन्त्री रामबहादुर थापा, उपप्रधानमन्त्री ईश्वर पोखरेल र अर्थमन्त्री बिष्णु पौडेल गएनन । नौ सदस्सीय नेकपाका बहुमत सदस्यहरु प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठको मात्र उपस्थिति रहेको थियो ।

नेताहरु बीच बालुवाटारमा भनाभन
नेकपाका नेताहरुबीच शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा भनाभन र चर्काचर्की भएको छ । शुक्रवार नेकपा सचिवालयको बहुमत सदस्यको बैठक बसेको थियो । सो बैठकले गरेको निर्णयलाई सामुहिक रुपमा प्रधानमन्त्री केपी शर्मा ओली समक्ष बुझाउने कार्यतालिका शुक्रवार नै तय भएको थियो । सोही निर्णय अनुसार शनिवार नेकपा सचिवालयका पाँचजना नेताहरु बालुवाटार पुगेका थिए ।
बालुवाटार पुग्नेमा पुर्व प्रधानमन्त्री एवम नेपकाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पुर्व प्रधानमन्त्रीद्धय माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम र नेकपाका पार्टी प्रवक्तासमेत रहेका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ रहेका छन । पाँचै जना नेताहरुले शुक्रवार नेकपा पार्टी मुख्यालय धुम्वराहीमा बैठक गरेका थिए । नेकपामा हाल उत्पन्न भएको आन्तरिक राजनीतिका साथै आगामी दिनमा पार्टीले खेल्नुपर्ने भुमिकाका बारेमा बैठकमा समिक्षा भएको थियो ।
बैठकमा भएको निर्णयबारे जानकारी गराउने र सचिवालय बैठक चाडों भन्दा बोलाउनका लागि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई आग्रह गर्न गएका नेताहरुलाई उनले उल्टै हप्काएको बताइएको छ । प्रधानमन्त्री ओलीले नेताहरुलाई तपाईहरु मेरा बिरुद्धमा गुटगत भेला गर्ने, मलाई असहयोग गर्ने अनि सरकारको बदनाम गररे हिडने भन्दै गालीगलौज गरेको बालुवाटार पुगेका एक सचिवालय सदस्यले जानकारी दिएका छन ।
पार्टी भित्र देखिएको असन्तुष्टि र सवै कुराको छिनोफनो नगरिकन तत्काल बैठक बोलाउन नसकिने अडान प्रधानमन्त्री ओलीले राखेपछि अध्यक्ष प्रचण्ड र ओलीका बिचमा चर्काचर्की र भनाभन भएको बताइएको छ ।
दुई घण्टासम्म भएको भेटबाट कुनै निष्कर्श निस्कनुको सटट्ट उल्टै भनाभन भएको थियो । सचिवालय सदस्यहरुले पार्टीको सरसल्लाह बमोजिम प्रधानमन्त्री ओली अगाडि नबढेको र एकलौटी ढंगले सरकार संचालन गरेको आरोप लगाएका थिए । जवाफमा प्रधानमन्त्री ओलीले सरकारलाई असफल पार्ने काम पार्टी भित्रैबाट भइरहेको र आफु एक्लै परे पनि दृढताका साथ सामना गरेर अगाडि बढने र बहुमतको अगाडि नझुक्ने बताएका थिए ।

प्रचण्ड–माधव समुह निरीह
नेपाल कम्युनिष्ट पार्टीमा प्रचण्ड र माधव समुहका नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीका अगाडि निरीह बन्दै गएका छन । उनीहरुले जतिसुकै बिधि र पद्धतीको कुरा गरे पनि उनीहरुको कुराको सुनुवाई नहुने निश्चित प्राय देखिइसकेको छ । उनीहरु प्रधानमन्त्री ओलीलाई बहुमत देखाएर झुकाउने रणनीतिमा लागको भएपनि सफल हुने छाँटकाँट देखिदैन । नेकपाका नाम मात्राको अधिकार पाएका कार्यकारी अध्यक्ष प्रचण्डले पार्टीको बैठक बोलाउने हैसियतसमेत राख्दैनन । यो कुराको पुष्टि उनकै भनाइबाट पनि बाराम्वार भइसकसेको छ ।
पचण्डले स्थायी र सचिवालयको बैठक बोलाउनका लागि भन्दै पार्टी अध्यक्ष एवम प्रधानमन्त्री ओलीसँग पटक पटक बालुवाटार धाएपनि हँसिलो मुख लागाएर निस्कन पाएका छैनन । उनीहरुबीच जति पटक भेटघाट भएपनि बैठक बोलाउने बिषय उठानसाथ भनाभन नै हुने गरेको बताइएको छ । बहुमतको आडमा निर्णय गर्न खोजे त्यो आफुलाई मान्ने नहुने धम्की ओलीले दिने गरेका छन् ।
नेकपाको नौ सदस्सीय सचिवालयमा प्रचण्ड – माधव नेपाल समुहको बहुमत छ । यसैगरी ४५ सदस्सीय स्थायी समिति र केन्द्रिय समितिमा पनि प्रधानमन्त्री ओली अल्पमतमा रहेका छन । जसका कारण ओली बैठक बोलाउन तयार नभएका हुन । आफंैले बोलाएको बैठकमा आफनै बिरोध हुने भएपछि उनी पछि हटने गरेको बताइएको छ । बैठकमा बोलाइ पनि बहुमतले लिनसक्ने निर्णय बारे उनी जानकार पनि पनि । जसका कारण भदौ २६ पछि स्थायी समितिको बैठक बस्न सकेको छैन । उक्त समयमा भएको निर्णय पनि प्रधानमन्त्री ओलीले कार्यान्वयण नगरेको भन्दै उनको आलोचना हँुदै आएको छ ।
नेपाली जनताले भोट दिएर बहुमतको सरकार गठनको लागि जनादेश दिएको भएपनि सोही अनुसारको काम नेकपा सरकारबाट हुन सकिरहेको छैन । दुई पार्टी एकीकरण भएको लामो समयसम्म हुँदा पनि नेकपाले पुणर््ाता पाउन सकिरहेको छैन । दुई पार्टी एकीकरणको प्रक्रिया पुरा हुन नपाउँदै अहिले नेकपा फुटक संघारमा पुगेकोमा नेता तथा कार्यकर्ता, समर्थक र शुभेच्छुकहरुसमेत निराश बनेको अवस्था छ । कम्युनिष्ट पार्टी जुटेर मुलुकको बिकास भएको हेर्न आतुर जनताहरु नेताहरुको व्यवहारबाट पुरै निराश भइरहेका छन ।
एउटै पार्टीमा बसेर सधैं कल गरिरहनु भन्दा अलग भएर जानको लागि प्रधानमन्त्री ओलीले बाराम्वार प्रचण्डलाई भन्दै आएका छन । जसका कारण माधव–प्रचण्ड समुह अवको बाटो कसरी तय गर्ने भन्नेमा अलमलमा छन । बहुमतको आडमा निर्णय गर्दै जाने हो भने पार्टी एक नरहने । गरौं भने जनतामा आशा भन्दा पनि बढी निराशा छाउने । अहिले उनीहरु दोसाँधमा परेका छन् ।