राष्ट्रपति भण्डारी यो वर्ष छठ पर्वका कार्यक्रममा सरिक नहुने
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी यस वर्ष काठमाडौंमा छठपर्वका अवसरमा हुने दर्शनभ्रमण कार्यक्रममा सरिक नहुने भएकी छिन् ।
राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेका अनुसार कोरोनाका कारण उक्त कार्यक्रममा राष्ट्रपति नजाने भएकी हुन्।
कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपतिज्यू छठपर्वको अवसरमा गुह्येश्वरी–गौरीघाट र कमलपोखरी, काठमाडौंमा दर्शनार्थ सरिक हुनुहुने परम्परा रहेकामा यसपटक विश्व महामारी कोरोनाको कारण उक्त कार्यक्रमहरुमा सरिक हुन नसक्ने व्यहोरा जानकारीका लागि अनुरोध छ।’