दुई प्रदिवेदनले नेकपा जुट्ला कि फुट्ला ?

काठमाडौं । गएको कात्तिक २८ गते बसेको नेकपा सचिवालय बैठक बस्यो । उक्त बैठकमा कार्यकारी अध्यक्षको हैसियतमा पुष्पकमल दाहाल प्रचण्डले १९ पृष्ठ लामो प्रतिवेदन पेश गरेका थिए । सो प्रतिवेदनमा प्रधानमन्त्री शर्मा ओलीले पार्टी भन्दा माथि उठेर एकलौटी रुपमा सरकार संचालन गरेको गंभिर आरोप लगाएका छन ।
भदौ अन्तिम साता बसेको स्थायी समितिको निर्णयहरुको इमान्दारपुर्वक पालना प्रधानमन्त्री ओलीबाट नभएको बिषय नै अहिले नेकपामा आन्तरिक विवाद बन्दै आएको छ ।
पछिल्लो स्थायी कमिटी बैठकले मन्त्रिपरिषद पुनर्गठन सहमतिको आधारमा गर्ने, प्रदेश सरकारहरुको बिषयमा समिक्षा गर्ने, सरकारबाट हुने राजनीतिक नियुक्तिका बिषयमा पार्टीमा परामर्श गरेर मात्र गर्नेलगायत निर्णय भएको थियो । तर यही निर्णय कार्यान्वयन गर्ने बिषयमा प्रधानमन्त्री ओली र इतरपक्षबिच खटपट भयो । कुन ढाँचामा मन्त्रिपरिषद पुनर्गठन गर्ने भन्ने बारेमा सहमति नहुँदै तीनजना मन्त्रीको नियुक्ति हुनुका साथै कर्णाली प्रदेशमा अविश्वासको प्रस्ताव ल्याउने खेल चल्यो । मुख्य सचिव, बेलायत र अमेरिकाका लागि राजदुत नियुक्ति सिफारिस पनि बिवादमा तानिए ।
यि र यस्तै सानातिना कारणले गर्दा नेकपाको बिवाद उत्कर्षतिर पुगेको हो । यस्ता बिषयलाई पार्टीभित्र छलफल गरेर गल्ती नगर्न प्रधानमन्त्री ओलीलाई सचेत गराउनका लागि पुन सचिवालयको बैठक बोलाउन बहुमत सदस्यहरुले आग्रह गरेपनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले अनाकानी गरेपछि इतरपक्ष रुष्ट बन्यो । उनीहरुले लिखितरुपमा बैठक बोलाउन माग पनि गरे । त्यो कार्यान्वय नभएपछि आफ्नो समुहको बैठक गरेर प्रधानमन्त्रीलाई दवाव नै दिनुपरर्यो ।
निरन्तर दवाव पछि बाध्य भएर २८ कात्तिकमा बसेको सचिवालय बैठकमा एकाएक प्रचण्डले अध्यक्ष ओली बिरुद्ध १९ पृष्ठ लामो प्रतिवेदन ल्याए । त्यसपछि मंसिर ३ मा बसेको अर्को सचिवालय बैठकले प्रचण्डको प्रतिवेदनलाई काउन्टर दिनको लागि अध्यक्ष ओलीले १० दिन पछि अर्को प्रतिवेदन ल्याउने समय माग गरे । अहिले उनी बालुवाटारमा काउन्टर प्रतिवेदन लेखनमा सक्रिय छन् ।
काउन्टर प्रतिवेदन आउनु अगाडि नै दाहालले प्रतिवेदन फिर्ता लिनुपर्ने बिषयहरु एकाएक बाहिर आएका छन । यदि उनले प्रस्ताव फिर्ता नलिएको खण्डमा पार्टी एक रहन नसक्ने भनाइहरु बहिर आएका छन । यसका लागि दुवै पक्षका नेताहरुबीच बार्तालापहरु चलिरहेका छन । तर परिणामहरु बाहिर आइसकेका भने छैनन । एकअर्का बीच दुवै पक्षका नेताहरुमा आशंकाहरु जारी छन् । सकेसम्म दुवै पक्षको बिचमा सहमति भएर दुवै प्रस्तावलाई समेटेर एउटै बनाउनु पर्नेमा नेकपाका दोस्रो तहका नेताहरुको जोडबल र माग छ । तर दुवै अध्यक्ष लचिलो हुने पक्षमा अहिलेसम्म देखिएका छैनन ।
यस बिचमा दुवै अध्यक्षहरुका बिचमा सहमति भएन र आगामी १८ गते बस्न लागेको स्थायी समिति र २५ मंसिरमा बस्ने तय भएको केन्द्रिय समिति बैठक अगाडि नै निशकर्ष निस्क्न सकेन भने नेकपा एक रहन सक्ने अवस्थामा आशंका गर्ने ठाउँ प्रसस्त छ । तर त्यो दिन आउन नदिनका लागि दुवै पक्षलाई मिलाएर लैजानको लागि दोश्रो तहका नेताहरुको दौडधुप जारी छ ।