गुल्मीको मालिका गाउँपालिकामा घुम्टि हाटबजार सन्चाल गरिने
गुल्मीको मालिका गाउँपालिकाले घुम्टि हाटबजार सन्चाल गर्ने भएको छ । आइतबार एक सूचना जारी गर्दै गाउँपालिका अध्यक्ष रितबहादुर थापाले मंसिर १४ गतेदेखि गाउँपालिकाका विभिन्न स्थानमा घुम्टि हाटबजार संचालन गर्ने उल्लेख गर्नुभयो ।
कृषि तथा पशुजन्य उत्पादन वृद्धि गरी उपयुक्त बजार पहुचँ सुनिश्चित गर्ने उदेश्यले घुम्टि हाटबजार सन्चालन गर्न लागिएको अध्यक्ष थापाले बताउनुभयो । उहाँले आफुसंग भएका कृषि तथा पशु एवम घरेलु उत्पादनसंग सम्वन्धित विक्रि योग्य वस्तुहरु समेत लिई आफुलाई आवश्यक पर्ने वस्तहुरु किनवेचमा सहभागी हुन सम्वन्धित सवैलाई आग्रह गर्नुभयो ।
कृषकहरुले उत्पादन गरेको कृषिजन्य वस्तुलाई उचित रुपमा बजारको पहुँच स्थापना गर्नको लागि गाउँपालिकाले घुम्टि हाटबजार सन्चालन गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले बताउनुभयो । उनले कृषकको लागि बजारको पहुँच स्थापना गर्न नसकेको खण्डमा व्यवसायी कृषिको अवधारणा नहुने उल्लेख गर्नुभयो ।
आईतबार वडा नं.–२ दर्लिङ्गको दह, सोमबार वडा नं.–३ ह्वाङ्दीको औरास्ने डाडा, मंगलबार वडा नं–४ अर्खावाङ्गको ठुलिचौर हाटबजार, बुधवार वडा नं.–५ हिलेको सागबारी र छापको जमपोखरा, विहिबार वडा नं.–७ घमिरको ठाटी, शुक्रवार वडा नं.–६ अर्जैको पोखरावारी (मोठ), शनिवार वडा नं.–१ नेटाको जैसिपोखरा र वडा नं.–८ मरभुङ्गको सिमलटारीमा हाटबजार संचालन हुने भएको छ ।