प्रदेश नम्बर ५ का सांसद र प्रधानमन्त्री ओलीबीच भेटघाट हुँदै
काठमाडौं – प्रदेश नम्बर ५ का सांसदहरूले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्दैछन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार सिंहदरबारमा दिउँसो ३ बजे सांसदहरूसँगको भेटघाट कार्यक्रम रहेको छ।
भेटमा प्रदेश ५ को समग्र विकास, प्रदेशको स्थायी राजधानी तथा नामाकरणलगायतका विषयमा छलफल हुने बताइएको छ ।
सरकारको काम कारबाहि तथा संसदीय गतिविधिमा सांसदहरुको भूमिका लगायतका बिषयमा प्रधानमन्त्री ओलीले सांसदहरुलाई निर्देश दिनेछन् ।
प्रधानमन्त्री ओलीले यसअघि प्रदेश २, ३ र गण्डकी प्रदेशबाट पार्टीको प्रतिनिधित्व गर्ने सांसदहरुसँग छलफल गरिसकेका छन् ।