नेपाली काँग्रेस गुल्मीले दुई व्यक्तित्वहरुको निधनमा शोक व्यक्त

नेपाली काँग्रेस गुल्मीले दुई व्यक्तित्वहरुको निधनमा शोक व्यक्त गरेको छ । मंसिर ३ गते मदाने गाउँपालिका–१ का ८७ वर्षीय बैकुण्ठ्ठ बहादुर चन्दको निधन भएको थियो । चन्दलाई तानसेन तम्घास सडकका सूत्रधार मानिन्छ । मंसिर १ गते धुर्कोट गाउँपालिका–१ नयाँगाउँका ५४ वर्षिय बोम बहादुर खड्काको निधन भयो । खड्का नेपालको कम्युनिष्ट आन्दोलनका सशक्त नेता तथा तत्कालीन नेकपा (एमाले) गुल्मीका अध्यक्ष थिए ।

सोमबार नेपाली काँग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठले शोक विज्ञप्ति जारी गर्दै खड्काको निधनबाट नेपालको वाम आन्दोलन तथा प्रजातान्त्रिक आन्दोलनलाई गम्भीर धक्का पुगेको उल्लेख गरेका छन् । ‘‘सादा जीवन उच्च विचारका धनी स्व.खड्का कुशल संगठनकर्ता र साझा सहमतिको माध्यमबाट हरेक समस्यालाई समाधान गर्न सकिन्छ भन्ने मध्यमार्गी विचारधाराका अनुयायी हुनुहुन्थ्यो ।’’ सभापति श्रेष्ठले उल्लेख गर्नुभयो ।
तत्कालीन परिस्थितिमा सर्वदलीय सहमतिमा जिल्लाको स्थानीयतह पुनर्संरचनामा र अन्य असहज परिस्थितिलाई सहज तुल्याई साझा सहमतिको मार्गचित्र कोर्न स्वर्गीय कुँवरको भूमिका उल्लेखनीय रहेको श्रेष्ठले बताउनुभयो ।
हरेक खालका विसंगती र विकृतिको विरुद्धमा रहनुभएका खड्का लाभको पदमा कहिल्यै नपुगी देश र जनताको निस्वार्थ सेवाभावमा खट्ने अनुकरणीय वामनेता भएको उहाँले बताउनुभएको छ । उहाँको निधनबाट सिङ्गो देश र लोकतन्त्रलाई गम्भीर क्षति पुगेको ठहर गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना र दिवंगत खड्का प्रति पार्टीको तर्फबाट भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।
त्यसैगरी तत्कालीन राष्ट्रिय पन्चायतका सदस्य तथा जिल्ला पन्चायत सभापति एवम् गुल्मी जिल्लाको समग्र आधुनिक विकासको दैलो खोल्ने समाजसेवी व्याक्तित्व वैकुण्ठबहादुर चन्दकोे निधनले मर्माहत भएको सभापति श्रेष्ठले उल्लेख गर्नुभएको छ ।
विकासप्रेमी, निश्कलंक, विकासका संवाहक चन्दको निधनबाट गुल्मीले एक अग्रज अभिभावकलाई सदाका लागि गुमाउनु परेको उल्लेख गर्दै जिल्लाको विकासमा स्वर्गीय चन्दले पुर्याउनु भएको योगदानको उच्च मूल्याकंन गर्दै अनन्तकाल सम्म उहाँको कृति जिवन्त रहने समेत बतानुभएको छ । सभापति श्रेष्ठले शोकको यश घडीमा परिवारजनमा समवेदना र दिवंगत चन्दप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्नुएको छ ।