थप १७९० जनामा संक्रमण पुष्टि, कहाँ कति ?
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ७९० जना संक्रमित थपिएको छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २४ हजार ७८ जना पुगेको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ८४३ वटा नमुनाको आरटी पीसीआरको परीक्षण गरिएको थियो । अहिलेसम्म १६ लाख ८१ हजार २९९ वटा आरटी पीसीआरको परीक्षण भइसकेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ७९१ निको भएका छन् । निको हुनेको संख्या २ लाख ४ हजार ८५९ जना पुगेको छ । नेपालमा अहिले कोरोना संक्रमणमुक्त हुने दर ९१।४२ प्रतिशत पुगेको छ । हाल सक्रिय सङ्क्रमित संख्या १७ हजार ८५९ जना रहेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप २४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ३६१ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश १ को इलाममा ५, उदयपुरमा ५, ओखलढुंगामा १, खोटाङमा १, झापामा ३३, तेह्रथुममा ५, धनकुटामा ५, पाँचथरमा ३, भोजपुरमा २, मोरङमा ७५, संखुवासभामा २, सोलुखुम्बुमा २ र सुनसरीमा ११० जनामा कोरोना भेटिएको छ।
प्रदेश २ को धुनषामा २, पर्सामा ७, बारामा ५, महोत्तरीमा २, रौतहट ५, सप्तरीमा १०, सर्लाहीमा १ र सिरहामा ५ जनामा कोरोना पाइएको छ।
बागमती प्रदेशको काठमाडौंमा मात्र ६ सय ९२ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ६१, चितवनमा १७, दोलखामा ५, धादिङमा १५, नुवाकोटमा ८, भक्तपुरमा ६५, मकवानपुरमा २, रसुवामा १, रामेछापमा ७, ललितपुरमा १ सय ९०, सिन्धुलीमा २ र सिन्धुपाल्चोकमा १३ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ८३, गोरखामा २५, तनहुँमा १३, नवलपरासी पूर्वमा ९, पर्वतमा १, म्याग्दीमा १, लमजुङमा ६, वागलुङमा २ र स्याङजामा ८ जनामा कोरोना पुष्टि भएको छ।
लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १०, कपिलवस्तुमा ९, गुल्मीमा ३, दाङमा ३६, नलवपरासीमा ९, पाल्पामा ११, प्यूठानमा २, बर्दियामा ३३, बाँकेमा ३८ र रुपन्देहीमा ३८ जनामा कोरोना पाइएको छ।
यस्तै, कर्णाली प्रदेशको कालिकोटमा १, जाजरकोटमा १, जुम्लामा १, दैलेखमा ३, रुकुम पश्चिममा ३, सल्यानमा २ र हुम्लामा २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
सुदूरपश्चिम प्रदेशको अछाममा १, कञ्चनपुरमा ७, कैलालीमा ६१, डडेल्धरामा ५, दार्चुलामा १, बझाङमा १ जनामा कोरोना भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।