गुल्मीमा कोरोना भाइरस संक्रमितको संख्या आठ सय नाघ्यो
गुल्मी । गुल्मीमा गएको २४ घण्टामा १५ जना नयाँ कोरोना भाइरस संक्रमित थपिएका थिए । जिल्लाको रेसुङ्गा नगरपालिका–९ उपल्लो तम्घासमा रहेको कोरोना परिक्षण प्रयोगशालामा गरिएको परिक्षणमा उनीहरुमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यससँगै जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या ८४५ पुगेको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकिय अधिकृत उद्धव पन्थीले जानकारी दिनुभयो ।
यस्तै गएको २४ घण्टामा यस जिल्लाबाट १३ जनाले कोरोना भाइरस जितेर निको भएका छन् । यससँगै कोरोना भाइरस जितेर निको हुनेको संख्या ७७८ पुगेको छ । अब यस जिल्लामा कोरोना भाइरसका संक्रिय संक्रमित ५५ जना रहेका छन् । उनीहरु सबै होम आइसोलेशनमा रहेका छन् । अहिलेसम्म यस जिल्लामा ५ हजार ५४९ जनाको स्वाब संकलन तथा परिक्षण गरिएको छ ।
कोभिड–१९ लाई मध्यनजर गरी जिल्लाका विभिन्न ९३ स्थानहरुमा ७९० बेड क्षमताको क्वारेन्टीन निर्माण गरिएको छ । भने १४९ बेड क्षमताको आइसोलेशन निर्माण गरिएको छ । यस जिल्लामा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण १२ जनाले ज्यान गुमाएका जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।