दुई अध्यक्षका दुई प्रदिवेदनले नेकपा जुट्ला कि फुट्ला ?
काठमाडौं । सत्तारुढ दल नेकपाको सचिवालय बैठक आगामी मंगलबार बस्ने गरी स्थगित भएको छ । शनिवार बसेको सचिवालय बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गएको कात्तिक २८ गते बसेको सचिवालय बैठकमा अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १९ पृष्ठ लामो प्रतिवेदन पेश गर्दै लगाएको आरोपको जवाफ फर्काएका छन । अध्यक्ष प्रचण्डले प्रतिवेदनमा प्रधानमन्त्री शर्मा ओलीले पार्टी भन्दा माथि उठेर एकलौटी रुपमा सरकार संचालन गरेको लगायत गंभिर र बिभिन्न किसिमका आरोपसहितका लाञ्छानाहरु लगाएका थिए । साथै अध्यक्ष प्रचण्डले भदौ अन्तिम साता बसेको स्थायी समितिको निर्णयहरुको इमान्दारपुर्वक पालना गर्न प्रधानमन्त्री ओलीले इमान्दारिता नदेखाएको बिषय नै अहिले नेकपामा आन्तरिक विवाद बन्दै आएको छ ।
गएको २६ भदौमा सम्पन्न स्थायी कमिटी बैठकले मन्त्रिपरिषद पुनर्गठन सहमतिको आधारमा गर्ने, प्रदेश सरकारहरुको बिषयमा समिक्षा गर्ने, सरकारबाट हुने राजनीतिक नियुक्तिका बिषयमा पार्टीमा परामर्श गरेर मात्र गर्नुपर्नेलगायत निर्णय गरेको थियो । तर यी निर्णय कार्यान्वयन गर्ने बिषयमा प्रधानमन्त्री ओली दृढ नभएकोमा प्रचण्ड–माधव नेपाल समुहले असन्तुष्टि देखाएसँगै इतरपक्षबिच खटपट शुरु भएको थियो । कुन ढाँचामा मन्त्रिपरिषद पुनर्गठन गर्ने भन्ने बारेमा सहमति नहुँदै तीनजना मन्त्रीको नियुक्ति प्रधानमन्त्री ओलीबाट भएसँगै दुई पक्ष बिचको खटपट बढेर पार्टी बिभाजनको दिशातर्फ अग्रसर हुन पुगेको बताइएको छ । साथै कर्णाली प्रदेशमा अविश्वासको प्रस्ताव ल्याउने खेल पनि चल्यो । मुख्य सचिव, बेलायत र अमेरिकाका लागि राजदुत नियुक्ति सिफारिस पनि बिवादमा तानिए ।
यी र यस्तै सानातिना कारणले गर्दा नेकपाको बिवाद उत्कर्षतिर पुगेको हो । यस्ता बिषयलाई पार्टीभित्र छलफल गरेर गल्ती नगर्न प्रधानमन्त्री ओलीलाई सचेत गराउनका लागि पुन सचिवालयको बैठक बोलाउन बहुमत सदस्यहरुले आग्रह गरेपनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले अनाकानी गरेपछि इतरपक्ष रुष्ट बन्यो । उनीहरुले लिखितरुपमा बैठक बोलाउन माग पनि गरे । त्यो मागको कार्यान्वयन नभएपछि आफनो समुहको बैठक गरेर प्रधानमन्त्रीलाई दवाव दिनका लागि सचिवालयका बहुमत सदस्यहरुले पार्टी अध्यक्ष एवम प्रधानमन्त्रीलाई दवाब नै दिनुपरर्यो ।
निरन्तर दवाव पछि बाध्य भएर २८ कात्तिकमा बसेको सचिवालय बैठकमा एकाएक प्रचण्डले अध्यक्ष ओली बिरुद्ध गंभिर आरोप लगाउँदै १९ पृष्ठ लामो प्रतिवेदन ल्याए । त्यसपछि मंसिर ३ मा बसेको अर्को सचिवालय बैठकका प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्डको प्रतिवेदनलाई काउन्टर दिनको लागि १० को समय मागे । प्रधानमन्त्री ओलीले १० दिन पछि शनिवार बसेको सचिवालय बैठकमा खामबन्दी गरेर सचिवालय सदस्यहरुलाई अध्ययनको लागि भन्दै प्रस्ताव दिएका छन ।
प्रधानमन्त्री ओलीको काउन्टर प्रतिवेदन ३८ पृष्ठ लामो, ५३ बुँदे र ११ हजार ८ सय ६० शव्दको छ । प्रतिवेदनमा दाहालले यसअघिको बैठकमा पेश गरेको प्रतिवेदनमा उठाइएका सवालको एक एक जवाफ दिएका छन । यदि उनले प्रस्ताव फिर्ता नलिएको खण्डमा पार्टी एक रहन नसक्ने भनाइहरु बहिर आएका पनि छन । तर दुवै समुह पक्षका नेताहरुबीच बार्तालापहरु चलिरहेका छन । तर परिणामहरु बाहिर आइसकेका भने छैनन । एकअर्का बिच दुवै पक्षका नेताहरुमा आशंकाहरु जारी छन । सकेसम्म दुवै पक्षको बिचमा सहमति भएर दुवै प्रस्तावलाई समेटेर एउटै बनाउनु पर्नेमा नेकपाका दोश्रो तहका नेताहरुको जोडबल र माग छ । तर दुवै अध्यक्ष लचिलो हुने पक्षमा अहिलेसम्म देखिएका छैनन ।
यस बिचमा दुवै अध्यक्षहरुका बिचमा सहमति भएन र आगामी मंगलवार बस्ने सचिवालय बैठकमा पेश भएका प्रस्तावहरुको बारेमा छलफल हुनेछ । यो बैठकले के निश्कर्ष निक्ला भन्ने बिषय अहिले अनुमान गर्न सकिदैन । त्यसपछि मंसिर १८ गते बस्न लागेको स्थायी समिति र २५ मंसिरमा बस्ने तय भएको केन्द्रिय समिति बैठकबाट बाँकी बिषयमा हल खोजिने नेकपा स्रोतले बताएको छ । यस अगाडि नै दुई प्रस्तावको बारेमा निश्कर्ष निस्क्न सकेन भने नेकपा एक रहन सक्ने अवस्थामा आशंका गर्ने ठाउँ प्रसस्त छ । तर त्यो दिन आउन नदिनका लागि दुवै पक्षलाई मिलाएर लैजानको लागि दोश्रो तहका नेताहरुको दौडधुप जारी छ ।
नेकपालाई जुनसुकै हालतमा फुटाउनको लागि भनेर भारत र पश्चिमा शक्तिहरु ज्यान फालेर लागिपरेका छन । ती शक्तिलाई काउन्टर दिने काम नेपालको उत्तरी छिमेकीमुलुक चीनले गरिरहेको छ । कम्युनिष्ट सरकारलाई कुनै हालतमा सत्ताबाट हटाउन नहुने भन्दै चीनले आफनो सक्रियता बेस्सरी बढाइरहेको छ । यसकै निरन्तरका लागि आज आइतवार चीनका रक्षामन्त्री नेपाल आउन लागेका छन । नेपालका लागि चीनका राजदुत होउ यान्छीको सक्रियता पनि त्यतिकै बढिरहेको छ ।
नेकपामा खटपट बढेसँगै यस बिचमा राजतन्त्र समर्थकहरुको सक्रियता पनि यतिक्कै बढन थालेको छ ।