साझा र विवेकशील पार्टीबीच एकताको तयारी

काठमाडौं । साझा र विवेकशील पार्टीबीचको एकता हुने भएको छ । सवै विषयमा सहमति भइसकेको र अब एकता घोषणाको अन्तिम तयारी भइरहेको बताइएको छ ।
एकता भएको डेढ वर्षमा विभाजित बनेका साझा र विवेकशील पार्टी पुनः एक हुन लागेका हुन ।
साझा पार्टीका संयोजक रवीन्द्र मिश्र एकीकृत पार्टीको अध्यक्ष बन्ने र विवेकशीलका अध्यक्ष मिलन पाण्डे दोस्रो वरियतामा रहने गरी संयोजक बन्ने सहमति भएको बुझिएको छ ।
एकीकृत पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ रहने टुंगो लागिसकेको बताइएको छ । पहिले एकता हुँदा पनि यही नाम थियो । एकीकृत पार्टीका सैद्धान्तिक विषयहरुलाई एकता महाधिवेसनबाट टुंग्याउन दुवै दल तयार भएको बताइएको छ ।