हिमाली भेगमा फल्ने मार्सी चामल कुलिन व्यक्तिहरुको भान्सामा, यी हुन् मार्सीका विशेषताहरु

अहिल नेपालमा बजारदेखि समाजिक सन्जाल सम्म हिमाली क्षेत्रमा फल्ने मार्सी चामलको चर्चा निकै चुलिएको छ । उच्च हिमाली भेगका जनताले प्रयोग गर्ने चामल अहिले कुलिन वर्गका व्यक्तिहरुको भान्सामा प्रयोग हुन थालेको छ । मेडिकल कलेजका सन्चालक दुर्गा प्रसाईले झापास्थित आफ्नो घरमा प्रधानमन्त्री ओली र पृ्र्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई मार्सी चामलको भात खुवाएको तस्विर सार्वजनिक भएपछि । मार्सी चामलको चर्चा थप चुलिएको हो । हिमाली भेगमा फल्ने यस्तो धानको चामल स्वादिष्ट मात्र नभएर स्वादिलो पनि हुन्छ । यी हुन् मार्सी चाामलका विशेषता :

१ . मार्सीको धान जुम्लालगायतका उच्च भूभागमा झन्डै ८ महिना समय लागेर उत्पादन हुन्छ । यो रातो  चामलको विभिन्न
प्रजातिमध्ये एक हो ।
२ .   मार्सीको धान प्रांगारिक रूपमै उत्पादन हुन्छ । बिउ राखेको समयदेखि गणना गर्ने हो भने किसानले १० महिना मिहिनेत गरेपछि
मार्सी धान भित्र्याउँछन्
३ .  यो चिसो, प्रदूषणमुक्त ठाउँमा फल्ने अन्न भएकाले पोषिलो हुन्छ । जसले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ ।
४ .  मार्सी धानलाई ओखल–सुलमा कुटेर चामल बनाउन सकेमा बोक्रामा रहेका तत्वहरू खेर जान पाउँदैन ।जसको कारणले चामलबाट
भिटामिन र खनिजको मात्रा बढी प्राप्त हुन्छ ।
५ . मार्सी चामलको रङ खैरो हुन्छ । सेतो चामलको तुलनामा पौष्टिक तत्वको मात्रा अत्याधिक हुने भएकाले यो स्वास्थ्यका लागि
निकै फाइदाजनक मानिन्छ ।
६ . मार्सी चामलमा म्याग्नेसियम र फाइबरको मात्रा बढी हुन्छ जसले गर्दा मधुमेहका बिरामीका लागि समेत निकै फाइदाजनक हुन्छ
७ . मार्सी धानको चामलमा अधिक मात्रामा फाइबर बढी हुने भएकाले उच्च रक्तचापका बिरामीलाई समेत फाइदाजनक हुन्छ । यसमा
आइरन, स्टार्चलगायतका पौष्टिक तत्व पनि हुन्छ ।