बलात्कारको बात लागेका सिद्धबाबाले जिल्ला अदालतबाट पाए सफाइ

विराटनगर । बलात्कार सम्बन्धी मुद्दामा धर्मगुरु सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई जिल्ला अदालत सुनसरीबाट सफाइ पाएका छन् । सोमबार न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सरकारको अभियोग दाबी नठहर्ने उल्लेख गर्दै गिरीलाई सफाइ दिएको हो ।
जिल्ला अदालत सुनसरीका श्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलले सिद्धबाबाले सफाइ पाउने ठहर भएको जानकारी दिएका छन् ।
सरकारी वकिल कार्यालयले भने महान्यायाधिवक्ता कार्यालयमा पठाएको मिसिल आइनसकेको र यसअघि सिद्धबाबाको वकिल हेर्ने सरकारी वकिल सरुवा भएकाले सोमबारको पेशी सार्न माग गरेको थियो । तर न्यायाधीश कोइरालाको इजलासले पेसी नसर्ने भन्दै सुनुवाई अघि बढाएको थियो ।
एक अनुयायीले आफूलाई सिद्धबाबाले बलात्कार गरेको वात लगाउँदै जाहेरी दिएपछि सिद्धबाबालाई पक्राउ गरी अनुसन्धान पछि प्रहरीले अदालतमा मुद्दा चलाएको थियो ।