प्रधानमन्त्री ओलीले किन बोलाए सर्वदलीय वैठक ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलको बैठक आव्हान गरेका छन् । प्रधानमन्त्री ओलीले मंगलबार बिहान ११ बजे प्रधानमन्त्री निवास वालुवाटारमा बैठक आव्हान गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् ।
वर्तमान समसामयिक राजनीतिक विषयमा बैठकमा छलफल हुने बताइएको छ । पछिल्लो समय सडकमा देखिएका आन्दोलन र गणतन्त्र विरोधीको सक्रियता बढ्न थालेपछि गणतन्त्रमाथि नै खतरा निम्तिने हो कि ? आशंका उठिरहेका बेला प्रधानमन्त्रीबाट बैठक आव्हान भएको हो ।
यसअघि राष्ट्रियताको विषय कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका भूभाग नेपाली नक्सामा समावेश गर्ने बेलामा प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक आव्हान गरेका थिए ।