संसद विघटनका लागि राष्ट्रपति समक्ष सिफारिस

संसद विघटनको सिफारिस असंवैधानिक : कांग्रेस

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई संसद विघटनको सिफारिस गरेका छन् । आज विहान बसेको आकस्मिक मन्त्रिपरिषद् वैठकले संसद विघटनको सिफारिस गर्ने निर्णय गरेलगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् ।
प्रमुख विपक्षी नेपाली कांग्रेसका नेताहरुले संसद विघटनको सिफारिस असंवैधानिक भएको भन्दै राष्ट्रपतिले स्वीकृत गर्न नहुने तर्क गरेका छन् ।
कांग्रेसले संसद विघटन गर्ने प्रधामन्त्रीको कदमलाई राजनीतिक रुपले प्रतिवाद गर्ने चेतावनी दिएका छन् । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शार्मले एक ट्वीट गर्दै संविधान र लोकतन्त्र रक्षाका लागि एक जुट हुन आग्रह समेत गरेका छन् ।
कांग्रेसले पार्टीको आकस्मिक पदाधिकारी बैठक बोलाएको छ। सभापति शेरबहादुर देउवाले आकस्मिक बैठक बोलाएका हुन्।
सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले संसद विघटन प्रधानमन्त्री ओलीको गणतन्त्रमाथिको ‘कू’ भनेकाछन् । कानूनविद्हरुले वर्तमान संविधान अनुसार मन्त्रिपरिषद्ले संसद विघटन गर्न नसक्ने तर्क गरेका छन् ।