७ हजार ८ सय मासिक किस्तामा आइफोन १२
काठमाडौं । मोबाइल एप रिचार्जरले क्रिसमसको अवसर पारेर छुट अफर सार्वजनिक गरेको छ । यसका साथै रिचार्जरले आइफोन १२ किन्न चाहनेहरुलाई ७ हजार ८ सय ८८ रुपैयाँको मासिक किस्तामा १२८ जीबी स्टोरेज भएको आइफोन १२ उपलब्ध गराउने भएको छ । यसका लागि डाउन पेमेन्टमा कुनै शुल्क नलाग्ने तर क्रेडिट कार्ड अनिवार्य हुनेछ ।
माछापुच्छ«े बैंक, एनआईसी एसिया बैंक, सिद्धार्थ, ग्लोबल आईएमई, मेगा बैंकका क्रेडिटकार्ड वाहकले तत्काल आइफोन खरिद गर्न सक्नेछन् । अरुले भने रिचार्जरको मोबाइल एपबाट नयाँ प्रक्रियाबाट शून्य प्रतिशत ब्याजदरमा आइफोन खरिद गर्न सक्नेछन् । गुगल प्ले तथा एपस्टोरबाट रिचार्जर एप डाउनलोड गरी क्रिसमसका अन्य अफरमा सहभागी हुन सकिनेछ । रिचार्जरले अफरको समयमा १२ रुपैयाँमा आइफोन १२ जित्ने व्यवस्था गरेको छ । यसका लागि एपबाट गोलाप्रथाका लागि १२ रुपैयाँमा टोकन खरिद गर्नुपर्ने रिचार्जरले जनाएको छ ।
त्यसैगरी रिचार्जरले क्रिमसको अवसरमा गिफ्टहरुको खरिदमा ७० प्रतिशतसम्म छुट उपलब्ध गराउनेछ । गुगल प्ले तथा एप स्टोरबाट रिचार्जरको एप डाउनलोड गरी एकाउण्ट खोल्दा १ हजार क्यास प्वाइन्ट पाउन सकिन्छ । यसका साथै रिचार्जरबाट मोबाइल रिचार्ज गर्दा शतप्रतिशत क्यास प्वाइन्ट पाउन सकिन्छ । अन्य सेवाहरुको महसुल भुक्तानीमा पनि पाइने क्यास प्वाइन्टलाई रिचार्जरबाट सामान किन्दा छुटका रुपमा प्रयोग गर्न सकिन्छ ।