अमर कल्याण महिला विकास बहुउद्देश्यीय सहकारी गुल्मीको अध्यक्षमा भट्टराई
अमर कल्याण महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड गुल्मीको अध्यक्षमा रामकुमारी भट्टराई निर्विरोध निर्वाचित हुनुभएको छ । रेसुङ्गा नगरपालिका–९ मा अवस्थित यस सहकारी संस्थाको छैठौँ अधिवेशनबाट भट्टराई निर्विरोध निर्वाचित हुनुभएको हो ।
अधिवेशनबाट उपाध्यक्षमा गिता पाण्डे, सचिवमा जुना विश्वकर्मा, कोषाध्यक्षमा भगवती कुँवर निर्वाचित हुनुभएको छ । यस्तै सदस्यहरुमा माया बराल, भेषकला पन्थी, लक्ष्मी थापा, सुन्धरा गैरे र गिता थापा सर्वसहमतबाट निर्वाचित हुनु भएको छ ।
अधिवेशन सफल बनाउन जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत उद्धव पन्थीको संयोजकत्वमा ३ सदस्य निर्वाचन समिति गठन गरिएको थियो । जसको सदस्यहरुमा जिल्ला सहकारी संघका व्यवस्थापक युवराज आचार्य र शेयर सदस्य उमकला पाण्डे रहनुभएको थियो । अधिवेशनबाट लेखा सुपरीवेक्षण समिति संयोजकमा भगवती कंडेल तथा सदस्यहरुमा रस्मिता भण्डारी, मिठु बोहरा निर्वाचित हुनुभएको छ ।
साथै ऋण उप–समितिमा हिरा पन्थी, पार्वती थापा निर्वाचित हुनुभएको छ । यसैगरी शिक्षा उप–समितिमा श्रृजना पन्थी, अनिता श्रेष्ठ निर्वाचित हुनु भएको छ । पसल व्यवस्थापन उप–समिति संयोजकमा एलिजा श्रेष्ठ तथा सदस्यहरुमा सुमित्रा पन्थी, सकुन्तला विश्वकर्मा निर्वाचित हुनुभएको छ ।
यहि पौष ११ गते जिल्ला सहकारी संघका अध्यक्ष शेषकान्त गौतमले उद्घाटन गर्नुभएको यस सहकारी संस्थाको साधारणसभा तथा अधिवेशनको बिहिबार समापन गरिएको हो । समापन कार्यक्रम पूर्व अध्यक्ष तथा सल्लाहकार संयोजक पार्वता पोख्रेलको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभासद गिता थापाको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यस अवसरमा निर्वतमान अध्यक्ष गंगा थापाले आफ्नो कार्यकाललार्ई उपलब्धीपूर्ण बनाउन सहकार्य, एवम सहयोग गर्ने सम्पूर्ण सल्लाहकार समितिका सदस्यहरु, शेयर सदस्यहरु कर्मचारीप्रति धन्यवाद प्रकट गर्नुभएको थियो ।
यस सहकारीको कुल पुँजी ४ करोड ४ लाख ६१ हजार ५५२ रुपैँया रहेको व्यवस्थापक अन्जु पन्थीले जानकारी दिनुभयो । यस सहकारी संस्थाले सहकारी सुपथ पसल, बेसार मसला उद्योग संचालन र सामुदायिक सेवा केन्द्र (सेफ हाउस) संचालन गरि जिल्लामा लैङ्गकि हिंसामा परेका महिलाहरुलाई अल्पकालीन आश्रय दिनुको साथै न्यायोचित मार्ग दिदँै आएको समेत पन्थीले जानकारी दिनुभयो । यो सहकारी संस्था जिल्ला सहकारी संघ, डिभिजन कार्यालय पाल्पा र सामाजिक विकास मन्त्रालयबाट समेत पुरस्कृत भईसकेको छ ।