गुल्मीको पराल्मी रातामाटाका पेमी मगरद्वारा सहयोगको अपिल

गुल्मीको रेसुङ्गा नगरपालिका–१४को पुछार गाउँमा टेकुवा बस्ती छ । देशको सेवामा आफुलाई समर्पित गर्ने सपना बोकेका मेख बहादुर पेमीको घर त्यही पर्छ । बुढेसकालमा बुबा–आमाको सहारा बन्नुपर्ने मेघ बहादुर यतिबेला आफै जिवन–मरणको दोसाँधमा छन् । उनी विगत एक वर्ष देखि शरिरमा अप्लास्टिक एनीमिया (रगत उत्पादन नहुने) रोगबाट ग्रसित छन् ।

शरीरलाई चाहिने रगत उनको आफ्नो शरिरले उत्पादन गर्दैन् । यसको उपचारका लागि धेरै रकम खर्च लाग्ने भएपछि परिवारले धान्ने अवस्था छैन् । यतिबेला टेकुवाका पेमी परिवार आँसुको आहालमा डुब्न बाध्य छन् । परिवारको झिनो आश छ त केवल सहयोगको । भर्खर २२ वर्षमा टेकेका पेमी नेपाली सेनामा भर्ती भएर देशको सेवा गर्न चाहान्थे । तर सपनाको संघारमा टेक्न नपाउँदै उनीले यतिबेला जिवन रक्षाका लागि हार–गुहार गरिरहेका छन् ।

‘मेरो घरमा बुढो भएको बुबा र आमा हुनुहुन्छ । एउटा सानो भाई छ । घरमा आम्दानी भनेको खेति मात्रै हो । आम्दानीको अरु स्रोत छैन् । म बाँच्न चाहान्छु । मलाई बचाँउनुहोस ।’ उनले कारुणिक मुद्रामा भने ‘तपाईहरुको सहयोगको खाँचो छ । भर्खर त जिन्दगीको सुरुवात हुदै छ मेरो । बुढो भएको आमाबाबालाई हेर्नु छ । भाईलाई पढाउनु छ । म माथि धेरै जिम्मेवारी छ । घरको आशा भनेको म हो ।’ उनले सहयोगका देश तथा विदेशमा रहेका सम्पूर्णमा सहयागको याचना गरेका छन् ।

यतिबेला उनले सदरमुकामको तम्घास अस्पतालमा केही सहयोगीको सहयोगमा रगत चढाउँदै आएका छन् । तत्काल पेमीको वोन म्यारो ट्रान्सप्लान्ट गर्नुपर्ने डाक्टरले बताएका छन् । ट्रान्सप्लान्टका लागि कम्तिमा २५ देखि ३० लाख सम्म लाग्ने डक्टरले बताएका उनले सुनाए । आफ्नै अगाडी छोरामध्येका जेठो सन्तान रोगबाट तड्पिरहेको देख्दा उनका ६२ वर्षिय बुवा चन्द्र बहादुर पेमी र ५१ वर्षिय आमा मुगा पेमीको मुहारमा अध्याँरो छाएको छ ।
चन्द्र बहादुरले जिवनको लामो समय भारतमा रोजगारका लागि गुजारे । बुढेसकालमा छोराको आर्जन खाएर नाति, नातिनाहरुसँगै समय बिताउने रहर बुनेका चन्द्र बहादुर छोराको कहाली लाग्दो अवस्था देख्दा निर्ह जस्तै भएका छन् । ‘सास हुँदा सम्म आश लाग्ने रहेछ । कसरी उपचार खर्च जुटाऔँ । भएको सबै पैसा सकियो । अब खर्च माग्ने ठाउँ समेत बन्द भएका छन् ।’ अब कसैले सहयोग गरे छोराको जिवन बच्ने उनको भनाई छ ।
‘भएको घर बेचे पनि उपचार गर्ने खर्च पुग्दैन् । आफ्नो परिवारमा सडकमा आउँछ ।’पेमीले छोराको उपचारका लागि सदरमुकाम तम्घास देखि, पाल्पा, बुटवल, भरतपुर हुँदै भारतको गुजरातसम्म पुर्याए । रोग त पत्ता लाग्यो । तर उपचारका लागि पैसा भएन । अहिले आर्थिक अभावमा पेमी परिवार भौतारी रहेका छन् । सहयोगका लागि ९८४७००४६९० मा सम्पर्क गर्न सकिने छ । भने बैङ्क अफ काठमाण्डौँमा रहेको खाता नम्बर २०३७०००००१४८५२४ मा रकम संकलन गर्न सकिने परिवारले जनाएका छन् ।