ओलीलाई साधारण सदस्यबाट निष्कासन गर्ने प्रचण्ड–माधवको निर्णय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड–माधव समूहले प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको साधरण सदस्य समेत नरहने गरि कारबाही गर्ने भएको छ ।
प्रचण्ड–नेपाल सूहको स्थायी कमिटी वैठकले ओलीलाई पार्टीको साधारण सदस्य समेतबाट निष्काशत गर्नका लागि स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।
पार्टी विरोधी गतिविधिमा संलग्न भएकाले ओलीलाई किन पार्टी सदस्यबाट निष्काशित नगर्ने भनेर स्पष्टीकरण सोध्ने निर्णय वैठकले गरेको एक स्थायी कमिटी सदस्यले बताएका छन् ।
प्रतिनिधि सभा विघटन गरेको भन्दै प्रचण्ड नेपाल समूहले पुस ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएको थियो ।
त्यस्तै आज सम्पन्न स्थायी कमिटी बैठकले महासचिव विष्णु पौडेललाई समेत कारबाहीका लागि सिफारिस गरेको बताइएको छ ।
दुई दिन बसेको वैठकले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन सफल हुँदै गएको निष्कर्ष निकाल्दै माघ १६ गते राजधानीमा विशाल जनप्रदर्शन गर्ने निर्णय समेत गरेको बताइएको छ।