अनिवार्य अवकास लिनुभएका डिएसपी पन्तलाई विदाई
गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी नायब उपरीक्षक केदारराज पन्त माघ एक गते देखि अनिवार्य अवकास हुनुभएको छ । नेपाल प्रहरीमा २०४७ साल माघ १ गते प्रहरी सहायक निरिक्षक पदबाट सेवामा प्रवेश गरि यहि माघ एक गते ३० वर्षको सेवा अवधि पुरा गरि अनिवार्य अवकास हुनुभएको हो । अनिवार्य अवकास हुनुभएका पन्तलाई कर्मचारी मिलन केन्द्र तथा जिल्ला प्रहरी कार्यालय गुल्मीले विदाई गरेका छन् ।
बिहिबार देखि अनिवार्य अवकास लिनुभएका पन्तले आफुले ३० वर्षको अवधिमा जघन्य अपराध समेतका थुप्रै सफल अनुसन्धान गरेको र भन्सार चोरी निकासी नियन्त्रणमा करोडौ मूल्य बराबरका अवैध सामान तथा सवारी साधन भन्सार एवम राजस्व कार्यालयमा बुझाएको बताउनुभयो ।
लमजुङ जिल्लामा जन्मीनुभएका पन्त हाल जिल्ला प्रहरी कार्यालय गुल्मीमा प्रहरी नायब उपरीक्षकको रुपमा कार्यरत हुनुन्थ्यो । यस जिल्लामा कार्यरत रही अवकाश हुने समयमा कर्मचारी मिलन केन्द्र, जिल्ला प्रहरी कार्यालय लगायतले विदाई कार्यक्रम राखेकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।
आफ्नो सेवा अवधिमा विभिन्न प्रहरी कार्यालयमा रही काम गर्दा सहयोग गर्ने सबैमा समेत धन्यवाद ज्ञापन गर्नुभएको छ । पन्तले अवकास पछि जिवनलाई आफ्नो विवेकले भ्याएसम्म राष्ट्र, राष्ट्रीयता, नेपाल सरकार र नेपाल प्रहरीको हित र समुन्नतिमा लाग्ने उल्लेख गर्नुभएको छ । पन्त उत्कृष्ट कार्य गरेको भन्दै वीरेन्द्र ऐश्वर्य सेवा पदक, प्रहरी सेवा पदक तथा दिर्घ सेवा पदकबाट समेत सम्मानित हुनुभएको थियो ।