कांग्रेस केन्द्रीय समितिको बैठक माघ १३ गतेका लागि सर्यो
कांग्रेसको केन्द्रीय समितिको निर्णयको व्यग्र प्रतिक्षामा प्रचण्ड–माधव समूह
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समिति वैठक माग १३ गते बस्ने भएको छ ।
माघ ६ गते मंगलबार बस्ने गरी तोकिएकोमा बैठक माघ १३ गतेका लागि सारिएको बताइएको छ । कांग्रेस केन्द्रीय समितिको बैठक पटक–पटक सर्दै आएको छ।
माघ १३ गते बस्ने वैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिका लागि मुख्य सचिव कृष्णप्रसाद पौडेलले आग्रह गरेका छन्।
कांग्रेसले केन्द्रीय समिति वैठकबाट वर्तमान राजनीतिक अवस्थाबारे एउटा निर्णय लिने र सोही निर्णय अनुसार अघि बढ्ने रणनीतिमा नेकपाका पुष्पकमल दाहाल–माधव नेपाल पक्ष छ । कांग्रेसको केन्द्रीय समिति वैठकले गर्ने निर्णयप्रति नेपाली कांग्रेसका नेता, कार्यकर्ता र शुभेच्छुक भन्दा पनि प्रचण्ड–माधव समूह व्यग्र प्रतिक्षमा रहेको देखिन्छ ।