गजल

गर्छौ आनाकानी व्यर्थै अटेरी के पो हुने हो
आउन सक्छ मायामा आँधीबेरी के पो हुने हो

प्यारा मुग्लान जाँदैछौ एकपटक बसेर जाऊ
आउँछौ या आउँदैनौ है फेरि के पो हुने हो

शत्रुको घर छ मेरो घर पछाडि बाँच्छु या मर्छु
हिँड्दा गोरेटो मुनि बसेको छ हेरि के पो हुने हो

तिमी ज्यानको खतरामा छौ बाँच्छौ कसरी भनौँ
डाक्टर भन्छ ठूलो बेथा हो सुत्केरी के पो हुने हो

सीमा सर्यो बुद्धको मुर्ति चोरियो सपना देखेँ
व्यूझिँदा बादल देखेँ आएको अँधेरी के पो हुनेहो