किन अत्तालिए प्रचण्ड र बावुराम !
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गत बिहिवार सयुक्त राष्ट्रसंघको मानवअधिकार परिषदको ३७ औं बैठकको सत्रमा द्वन्द्धकालमा भएका मानवअधिकार हननका गम्भिर प्रकृतिका घटनामा सरकारले आममाफी नदिने घोषणा गरेका छन ।
उनको यो घोषणाबाट १० वर्षसम्म नेपालमा जनयुद्ध संचालन गरेर करिव १७ हजार मानिसको ज्यान लिएको आरोप लागेका तत्कालीन माओवादीको कमान्डरद्धय पुष्पकमल दाहाल प्रचण्ड र डां बाबुराम भट्टराई अत्तालिएको बताइएको छ ।
शुक्रवार नेकपा प्रचण्ड–नेपाल समुहले प्रधानमन्त्री केपी शर्मा ओलीले हालै चालेको प्रतिनिधिसभा बिघटनसम्वन्धी असंवैधानिक कदम बिरुद्ध पुर्नस्थापनाको माग गर्दै भृकुटीमण्डपमा शक्ति प्रदर्शन गरेका थिए । सो सभालाई सम्वोधन सके लगत्तै प्रचण्ड उप–राष्ट्रपति नन्दबहादुर पुनको निवास पुगेका थिए । डा. भट्टराई पनि उपराष्ट्रपति पुनको निवासमा पुगेको र दुवै नेताबीच द्वन्द्धकालीन घटनाका बारेमा परराष्ट्रमन्त्री ज्ञवालीले बोलेको बिषयमा छलफल गरेको बताइएको छ ।
नेकपा माओवादी जनयुद्व छोडेर शान्ति प्रक्रियामा आएपनि द्वन्द्धकालीन घटनाका मुद्धाहरुको टुङगो आजसम्म लाग्न सकिरहेको छैन । शुक्रबारको बिरोध ¥यालीपछिको सभालाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले राजा–महाराजाको श्रीपेच झिकेर लात्ताले हान्न सक्ने नेपाली जनताले प्रधानमन्त्री ओलीलाई पनि त्यसैगरी बहिर्गमन गराउने बताएका थिए ।
संबिधान बनिसकेपछि मुलुक बिकासको गतिमा अगाडि बढेको भनेर सोचिएको भएपनि त्यो संभव नभएको भन्दै आत्माआलोचना गरेका थिए ।
सभालाई संम्वोधन गर्ने क्रममा दाहालले प्रधानमन्त्री ओलीले संघीय लोकतान्त्रिक गणतन्त्र र संबिधानसँगै शान्ति प्रक्रियालाई बिघटन गर्न चाहेको बताएका थिए । ओलीको असंवैधानिक कदम नसच्चिएसम्म शान्तिपुर्ण आन्दोल गर्ने र निरकुंशतालाई प्रोत्साहन गर्ने षडयन्त्र भयो भने नेपालको शान्ति प्रक्रिया डिरेल हुने बताएका थिए ।
त्यसलगत्तै दाहाल सोझै लैनचौरस्थित उप–राष्ट्रपति पुनको निवासमा गएको त्यहाँ बाबुराम भट्टराईसँग परामर्श र छलफल गरेकोे बताइएको छ ।