पानीको फोहोराले रिसाएका नागरिक अगुवाद्वारा ‘तेस्रो जनआन्दोलन’को घोषणा

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोध गर्न र कमलपोखरी वचाउन माग गर्दै वालुवाटारमा भेला भएका नागरिक अगुवा र अभियन्ताहरुमाथि प्रहरीले पानीको फोहोरा हानेको छ । शान्तिपूर्णरुपमा प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दै लाठी र पानीको फोहरा बर्साएपछि आक्रोशित भएका का थिए ।
प्रहरीले बल प्रयोग गरेपछि पुनः एकत्रित भएका अभियन्ताहरुलाई सम्बोधन गर्दै लेखक तथा पत्रकार नारायण वाग्लेले शान्तिपूर्ण प्रदर्शनका क्रममा प्रशासनले जसरी दमन गरेको भन्दै ‘अब तेस्रो जनआन्दोलन सुरु भएको’ उद्घोष गरे ।


शान्तिपूर्णरुपमा प्रदर्शन गर्छौं भन्दाभन्दै प्रहरीले अचानक बल प्रयोग गरेर दमन गरेको वाग्लेले बताए ।
आजको प्रदर्शन कमलपोखरी बचाऊ अभियानका अभियन्ता र अन्य सहभागीहरु भेला भई संयुक्तरुपमा बालुवाटारतर्फ मार्च गरेका थिए।
विरोध प्रदर्शनमा नागरिक अगुवा, कवि, कलाकार, लेखक तथा प्रचण्ड– नेपाल समूहका केही नेता र कार्यकर्ता समेत सहभागी थिए ।