सिकाइ निरन्तरता अभियान प्रबोधिकरण तथा शिक्षा प्रतिकार्य योजना निर्माण सम्बन्धी एक दिने अभिमुखिकरण

सिकाइ निरन्तरता अभियान प्रबोधिकरण तथा शिक्षा प्रतिकार्य योजना निर्माण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम लुम्बिनि प्रदेशका विभिन्न पालिकाहरुमा सम्पन्न भएको छ । युनिसेफ नेपालको आर्थिक सहयोगमा विद्यालय व्यवस्थापन समिति महासंघ, नेपाल शिक्षक महासंघको अगुवाइ तथा मानव स्रोत विकास केन्द्र सोनोठिमी र पाठ्यक्रम विकास केन्द्र सानोठिमीको सहकार्यमा तथा नेपाल शिक्षा समुहको समेत सहयोगमा यो कार्यक्रम सञ्चालन गरिएको हो ।

यस कार्यक्रमका लागी छनौट भएका नमुना पालिकाहरुमध्ये गुल्मीको चन्द्रकोट गाउँपालिका, कालीगण्डकी गाउँपालिका र धुर्कोट गाउँपालिका तथा अर्घाखाँचीको पाणिनी गाउँपालिका, छत्रदेव गाउँपालिकामा सिकाइ निरन्तरता अभियान प्रबोधिकरण तथा शिक्षा प्रतिकार्य योजना निर्माण सम्बन्धी अभिमुखिकरण प्रदान गरिएको छ । पालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, शिक्षा शाखा प्रमुख, गाउँ शिक्षा समितिका पदाधिकारीहरु, कार्यपालिका सदस्यहरुलाई अभिमुखिकरण कार्यक्रम मार्फत प्रशिक्षित गरिएको हो ।

यो अभियान अन्र्तगत शिक्षा प्रतिकार्य योजना कार्यान्वयनका लागी म्याचिङफण्डको रुपमा १ लाख प्रतिकार्य योजना निर्माणका लागी रु ५५ हजार प्रदान गर्ने कार्यक्रम हरेको छ । उत्कृष्ट दुई बिद्यालयहरुलाई रु ३० हजार बराबरको बालविकास किटहरु प्रदान गर्ने, सबै बिद्यालयका शिक्षक, बिद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका पदाधिकारीहरु, बालविकास शिक्षाका शिक्षक समेतलाई भर्चुअल माध्यमबाट मनोपरामर्श गर्ने कार्यक्रम रहेको नेपाल शिक्षक महासंघ लुम्बिनी प्रदेश अध्यक्ष तथा यस कार्यक्रमका प्रदेश फोकल प्रर्सन प्रेमनारायण भण्डारीले जानकारी दिनुभयो ।

कोभिड–१९ जस्ता महामारीको समयमा वैकल्पिक शिक्षा कसरी प्रर्वधन गर्न सकिन्छ ? भन्ने सन्र्दभमा जानकारी गराइ शिक्षा प्रतिकार्य योजना निर्माणका लागी पालिकाहरुलाई सहजीकरण गर्दै आएको प्रशिक्षक समेत रहनुभएका भण्डारीले जानकारी दिनुभयो । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण बन्दाबन्दीको कारणले लामो समयसम्म भौतीक रुपमा उपस्थित भई बिद्यालयमा पठनपाठन सञ्चालन हुन सकेन ।

यस्तो समयमा वैकल्पिक सिकाइ प्रभावकारी हुने भएकाले स्थानीय सरकार, बिद्यालय, बिद्यार्थी, शिक्षक परिचालन, अभिभावक शिक्षा प्रवर्धन जस्ता कार्यक्रमहरुलाई जोड दिँदै राष्ट्रिय तथा अन्र्तराष्ट्रिय रुपमा अभ्यास हुँदै आएका ११ वटा वैकल्पिक शिक्षाका विधिहरुलाई प्रयोगका लागी प्रेरित गर्ने उद्देश्यले अभिमुखिकरण गरिएको भण्डारीले बताउनुभयो ।

विभिन्न प्रकारका वैकल्पिक शिक्षाका विधिहरुलाई अगाडी बढाउन तथा कोभिड–१९ जस्ता अन्य विपद्का कारण लामो समयसम्म बिद्यालय बन्द रहने अवस्थामा वैकल्पिक विधिका माध्यमबाट सिकाइलाई निरन्तरता प्रदान गर्न शिक्षा प्रतिकार्य योजना निर्माण गरि स्थानीय सरकार र बिद्यालयलाई सहयोग गर्ने, शिक्षकको परिचालनका लागि टेलि सिकाई (सि.यु.जी) को नेट्रोकङलाई शिक्षक बिद्यार्थी र अभिभावकसँग जोड्ने, अभिावक शिक्षालाई प्रर्वधन गर्ने यसको मुख्य कार्य रहेको उल्लेख गर्नुभयो ।

स्लाईडको माध्यमबाट विभिन्न प्रकारका वैकल्पिक शिक्षण विधिहरु प्रस्तुत गरि आफ्नो गाउँपालिकाको उपलब्धता र सुविधा अनुसार कुनै पनि वैकल्पिक शिक्षण विधिको प्रयोग गर्न सहभागीहरुलाई उत्प्रेरित गर्नुभयो । सोमबार धुर्कोट गाउँपालिकामा यो अभिमुखिकरण तथा प्रशिक्षण कार्यक्रम गरिएको थियो । त्यस अवसरमा गाउँपालिका अध्यक्ष भुपाल पोखरलले कोभिड–१९ ले शिक्षा क्षेत्रमा पारेको प्रभावलाई मध्यनजर गरि यस गाउँपालिकामा पनि सञ्चालन गरिएको वैकल्पिक सिकाईका विधिहरु प्रभावकारी भएको जानकारी दिनुभयो ।

रेडियो शिक्षा, टोल शिक्षा जस्ता वैकल्पिक शिक्षा सिकाइ विधिहरु सञ्चालन गरिएकोले महामारीको समयमा यस्ता विधिहरु महत्वपूर्ण र प्रभावकारी हुने उल्लेख गर्नुभयो । यो कार्यक्रममा साझेदारीका लागी गाउँपालिकाले आवश्यक बजेट बिनियोजन समेत गरेको पोखरेलले जानकारी दिनुभयो । सिकाई निरन्तरता कार्यक्रमले वर्तमान अवस्थामा कोभिड–१९ का कारण सिकाइमा पर्न गएको क्षतिलाई न्यूनिकरण गर्ने र आगामी दिनमा हुने विभिन्न प्रकारका विपद्का कारण बिद्यालय बन्द हुने अवस्थामा सिकाईलाई निरन्तरता प्रदान गर्न यो सबैभन्दा राम्रो कार्यक्रम रहेको बताउनुभयो ।

उपाध्यक्ष शिव केसीले यस अभियान अन्र्तगत जानकारी गराईएका विधिहरु महत्वपूर्ण रहेको उल्लेख गर्दै महामारीको समयमा सिकाई निरन्तरताका शैक्षिक नीति र कार्यक्रम बनाएर अगाडी बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । प्रशासकीय अधिकृत काशीराम पन्थीले कोभिड–१९ जस्ता महामारीको समयमा पराम्परागत रुपमा प्रत्यक्ष रुपमा उपस्थित भएर शिक्षा प्रवाह गर्न नसकिने अवस्थामा शिक्षा प्रतिकार्य योजना बनाएर जाँदा सजिलो हुने अभिप्रेरणा मिलेको बताउनुभयो ।

गाउँपालिका शिक्षा शाखा अधिकृत मधुप्रसाद घिमिरेले गाउँपालिकामा यो कार्यक्रम सञ्चालनका लागी मस्यौदा निर्माण गरि छिट्टै शिक्षा प्रतिकार्य योजना निर्माण गरिने बताउनुभयो । कार्यक्रममा सहभागी वडाअध्यक्ष हिमलाल पन्थी तथा गाउँ शिक्षा समितिका सदस्य छन्द बहादुर पहराई, कार्यपालिका सदस्य कविता विकले यो कार्यक्रम प्रभावकारी भएको उल्लेख गर्नुभयो ।