(कथा) – प्रहेलिका
‘पृथ्वीराज सर ओछ्यानमै थला पर्नुभएछ, थाहा पायौ जमुना ?’
‘ए, हो र ? के भएछ ?’– जमुनाले मन्नुलाई सोधी ।
‘ज्वरो, टाइफाइड अनि कुन्नि के के हो सात–आठ दिन भएछ सुतेको । स्कुलका साथीहरू पनि हेर्न गएछन् । हामी पनि जानुपर्ला । बिचरा एक्लै हुनुहुन्छ । हेरचाह गर्ने कोही छैन ।’ जमुनाले आफ्ना शिक्षक पृथ्वीराज शर्माप्रति सहानुभूति व्यक्त गरी ।
कास्कीको उत्तरी भागमा पर्ने रमणीय गाउँ घ्रान्दुकका पृथ्वीराज शर्माको आफ्नै प्रसिद्धि छ । पूर्वी नेपालबाट आएर पच्चीस वर्षको उमेरमा उनी यहाँका अंग्रेजी शिक्षक भए । गुरूङ गाउँमा बसेर उनले धेरैलाई पढाए । साह्रै मिलनसार, विनम्र अनि सुशील छन् उनी । पहिलोपल्ट गाउँमा आउँदा यति धेरै वर्ष बसिएला भन्ने उनले सोचका थिएनन् । तीन हजार रूपियाँमा एक रोपनी पाखो बारी किनेर उनले चिटिक्क परेको सानो घर बनाए । भर्खर मात्र भित्र्याएकी दुलही बिहे गरेको एक वर्ष नबित्दै परलोक भएपछि उनले अर्को विवाह गरेनन् ।
पृथ्वीराज बिरामी परेको खबर एक कान दुई कान मैदान हुँदै गाउँमा पैmलियो । उनले पढाएका विद्यार्थी घ्रान्दुक, लान्द्रुक, थानसिंह, कोमरोङ र छोमरोङबाट समेत आए । उनलाई उपचारका लागि पोखरा लगियो । दश दिन अस्पताल बसेर पृथ्वीराज गाउँमा फर्किए ।
कात्तिक महिनाको पहिलो र तेस्रो मंगलबार पारेर गाउँपूजा (टहोते लवा) गर्ने तयारीमा बूढापाकाहरूले बैठक गरे । अमाङ्गलिक र अशुभ मानिने नकारात्मक वायु र वा अदृश्य शक्तिलाई लखेट्ने प्रयोजनका लागि गुरूङहरू हरेक वर्ष चैत र कात्तिकमा गाउँपूजा गर्छन् । गाउँको सुरक्षा र कुशलमंगल होस् भनेर गरिने सिल्दो नाल्दो, पशुहरूलाई रोगव्याधि नलागोस् भनेर गरिने गैरूपूजा, तुदेउता पूजा, थासो वापा आदि जस्तै टहोतें लवामा पनि गाउँमा एक प्रकारको उत्सवको वातावरण देखिन्छ ।
पृथ्वीराजले आँगनमा बसेर माछापुच्छ«े र अन्नपूर्ण हिमालका चुचुराहरू हेर्दै आफ्नो बाल्यकाल सम्झे । साथीहरू सम्झे । आपूmलाई माया गर्ने बुबाआमा, हजुरआमा र हजुरबाहरूलाई सम्झे । दिदी र दाजुहरू सम्झे । बाल्यकालमा बिताएका दिनहरूको सम्झना सिनेमाको रिलभैmँ उनको आँखामा घुम्न थाल्यो ।
नदी किनारको कृष्णपुर गाउँ । आँपका बगैँचाहरू । हराभरा खेत । रसिला गाउँहरू । आफन्तको माया र आत्मीयता । सबै सम्झिए पृथ्वीराजले ।
एउटा घटनामा आपूm अपमानित हुनु परेपछि पृथ्वीराजले घर र गाउँ त्यागे । घरबाट सयौँ माइल टाढा घ्रान्दुक पुगेर नितान्त व्यक्तिगत शैलीमा उनका दिनहरू बित्न थाले ।
टाढाटाढाका पहाडहरू हेर्दै उनी सम्झिन्छन्– ‘जीवन अमूर्त चित्रजस्तो हुँदोरहेछ । क्लिस्ट कविता जस्तो हुँदोरहेछ । खुसी, पीडा, सहज, असहज सबै परिस्थितिलाई पचाएर हिँड्नुपर्ने र पाइला पाइलामा सम्झौता गर्नुपर्ने जीवन आपैmँमा प्रहेलिका रहेछ ।’ सोच्दासोच्दै उनी निकै भावुक भए ।
‘सरलाई कस्तो छ नि अहिले ?’ गाउँ घुम्दै आएकी हरिमाया दिदीले सोधिन् ।
‘दिदी, पहिलेभन्दा आराम भएको छ । जाउलो खाइरहेको छु । डाक्टरले आठ–दस दिन आराम गर्नुपर्छ भनेका छन्… ।’ पृथ्वीराजले उत्तर दिए ।
‘तातो पानी तताएर दिने मान्छे पनि छैनन् । बिहे गर्नुहोस् भन्दा पनि मान्नुहुन्न सर… ।’ हरिमायाले स्नेह देखाइन् ।
‘दिदी, अड्चालीस वर्षको भइसकेँ । यो उमेरमा के बिहे गर्नु । जसोतसो जीवन चलिहाल्छ नि ।’ पृथ्वीराजले हाँसेर भने ।
घ्रान्दुकमा जाडो बढ्दै गए पनि पर्यटकहरू घटेका थिएनन् । होटलहरू मात्र होइन, घरघरमा समेत पर्यटकहरू बस्छन् यो गाउँमा । हरेक वर्ष अन्नपूर्ण क्षेत्रको पदयात्राका लागि पचासौँ देशका हजारौँ पर्यटकहरू यही गाउँ हुँदै आधार शिविरतिर लाग्छन् । त्यसैले सधैँजसो यहाँ स्वदेशी र विदेशी पर्यटकहरूको घुइँचो देखिन्छ । संसारका थुप्रै लेखक, पकार, चलचित्र निर्माता र कुशल पर्वतारोहीहरू यहाँ भेटिन्छन् ।
गाउँमा पहिले अंग्रेजी बोल्ने मान्छेहरू थोरै थिए । ब्रिटिस सेनामा काम गरेर फर्केका लाहुरेहरू अलिअलि अंग्रेजी बोल्थे । पृथ्वीराज शर्माले पढाएका धेरै विद्यार्थी राम्रोसँग अंग्रेजी बोल्छन् । उनले पढाएका कैयन् विद्यार्थी मन्त्री, सांसद, उद्योगपति, वकिल र पर्यटन व्यवसायी भए । कहिलेकाहीँ भेट्दा आदर देखाउँछन् । ‘शिक्षक भनेको माझी जस्तै रहेछ । हजारौँलाई तार्छ र ऊ आजीवन डुंगा चलाइरहन्छ । पारी पुग्नेहरू कहाँ कहाँ पुग्छन् । शिक्षक आफ्नै पेसामा रमाइरहन्छ ।’ पृथ्वीराज पुराना दिनहरू सम्झिन्छन् ।
पृथ्वीराजलाई मान्छेको जीवन प्रहेलिका जस्तै लाग्छ । शब्दको अर्थ निस्कियो भने प्रहेलिका सजीव जस्तो लाग्छ तर जति गरे पनि शब्दार्थ बन्दैन, तब खल्लो लाग्छ ।
नम्रतासँग विवाह गर्दा पृथ्वीराजले धेरै कुरा सोचेका थिए तर पत्नीको असामयिक मृत्युले भताभुंग भयो उनको सपना ।
‘मलाई त छोराभन्दा छोरी नै मन पर्छ । छोरी जन्मिई भने उसको नाम प्रहेलिका राख्नुपर्छ है… ।’ नम्रताले भनेका शब्दहरू सम्झिन्छन् उनी ।
जीवन नै प्रहेलिका भइसक्यो । एक्लो बाँच्ने बानी परिसक्यो । दुई–तीन महिनामा पोखरा पुगेर नम्रताका बाबुआमालाई भेट्छन् उनी । पुराना तस्वीरहरू हेरेर रून्छन् । विषाद् र पीडाले छाती पोल्छ । एक्लो बाँच्न कति गाह्रो छ । पृथ्वीराज विगत, वर्तमान र आगतका बारेमा सोचिरहन्छन् । सोरठी नाचको कथामा वर्णित बालिकाभैmँ उनी दुःखको सागरमा फ्याँकिएर पनि सजीव छन् । मन व्याकुल भइरहन्छ । तर सम्हाल्छन् आपूmलाई ।
‘सर, आमाले फलपूmलहरू पठाइदिनुभएको छ ।’ कक्षा सातमा पढ्ने विवेकको आवाज सुनेर उनी झस्किन्छन् ।
‘घरमा सबैलाई राम्रै छ ?’ पृथ्वीराज सोध्छन् ।
‘राम्रै छ सर, म जान्छु है’– विवेक ओरालो लाग्छ ।
‘कति सरल छन् गाउँलेहरू । दया, धर्म, माया, ममता र सरलताको खानीजस्तो छ गाउँ । राजनीति र व्यक्तिगत स्वार्थले विस्तारै विषाक्त बनाए पनि मान्छे–मान्छेबीचको नाता प्रगाढ छ । सहरमा मान्छे मान्छेबीच दूरी हुन्छ, घरहरू टाँस्सिए पनि । गाउँका मान्छेको मन जोडिएको हुन्छ, घरहरू टाढाटाढा भए पनि ।’ पृथ्वीराज गाउँ र सहरको तुलना गर्छन् ।
‘पृथ्वीराज सर, जीवनलाई प्रहेलिका र कठिनयात्रा बन्न दिनुहुन्न । खुसी र आँसु साटासाट गर्ने एउटा साथी त चाहिन्छ ।’ पृथ्वीराज आफ्नै स्कुलकी शिक्षिका विनम्रताले भनेका शब्दहरू सम्झिन्छन् । नम्रता र विनम्रताको तुलना गर्छन् ।
बाइस वर्षकै उमेरमा विधवा बनेकी विनम्रताले आपूmलाई माया गर्ने गरेको कुरा थाहा पाएर पनि पृथ्वीराज शर्माले सम्बन्ध अघि बढाउन चाहेनन् । हिजोआज कुन्नि किन हो, उनी विनम्रतालाई आफ्नो ठान्न थालेका छन् । अरूका आँखा छलेर हेर्न थालेका छन् ।
राम्रा–नराम्रा सपना, आपूmले घुमेका ठाउँहरू र पढेका पुस्तकहरूबारे विनम्रतालाई सुनाउन थालेका छन् ।
‘सर, दुई आत्मालाई निकट बनाउने ‘एफेक्सेन’ आपैmँमा एउटा शक्तिशाली ऊर्जा हो । त्यसले मानिसलाई जीवन्त बनाइराख्छ ।’ विनम्रताले एकदिन भनेकी थिइन् ।
सायद साँचो कुरा भनेकी थिइन् उनले । विनम्रतासँग नजिकिँदै जाँदा पृथ्वीराजको सोचमा परिवर्तन आएको छ । तर यदाकदा डरलाग्छ उनलाई, विनम्रतालाई जीवनसाथी बनाएपछि पनि कतै जीवन प्रहेलिका नै भइरहने त होइन ?
‘प्रश्नैप्रश्नको घेरामा बाँच्नुपर्ने मानिसका लागि जीवन नै एउटा प्रहेलिका बन्ने गर्छ’ विनम्रताका यी शब्दहरूमा पृथ्वीराज पुनः घोत्लिन थाल्छन् ।