सभामुखले संसदीय सुनुवाइ सम्बन्धी पत्र फिर्ता गरेकोमा राष्ट्रियसभा अध्यक्षको आपत्ति

काठमाडौँ । संवैधानिक परिषद्को सिफारिस पत्रहरू सभामुख अग्निप्रसाद सापकोटाले फिर्ता पठाउनु भएकोमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आपत्ति जनाउनु भएको छ ।
सङ्घीय संसद् सचिवालयमा आज पत्रकार सम्मेलन गरी अध्यक्ष तिमिल्सिनाले संसदीय सुनुवाइ सम्बन्धी पत्र फिर्ता सम्बन्धी प्रक्रियामा राष्ट्रियसभा संलग्न नरहेको स्पष्ट पार्नुभयो ।
अध्यक्ष तिमिल्सिनाले संसदीय सुनुवाइका लागि संवैधानिक परिषद्ले गरेको सिफारिस संसदीय सुनुवाइ समितिको दुई तिहाइ बाहेक अन्य कुनै पनि निकाय वा पदाधिकारीलाई अस्वीकार वा फिर्ता गर्ने कानुनी व्यवस्था नरहेको समेत बताउनु भएका छ ।
अध्यक्ष तिमिल्सिनाले सभामुख सापकोटाले संसदीय सुनुवाइ सम्बन्धी फिर्ता पठाएको कागजातमा भएको पत्राचार, अधिकार क्षेत्र र त्यसमा भएको ब्यहोराले राष्ट्रियसभाको भूमिका र गरिमामा प्रहार गरेको समेत बताउनुभयो ।