भाटभटेनीका सञ्चालक गुरुङ धरौटीमा रिहा

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी तथा सार्वजनिक जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका भाटभाटेनीका सञ्चालक मीनबहादुर गुरुङ धरौटीमा रिहा भएका छन् ।
विशेष अदालतका न्यायाधीसद्वय प्रेमराज कार्की र अब्दुल अजिज मुललमानको इजालसले गुरुङलाई धरौटीमा छाड्ने आदेश दिएको हो । गुरुङसँग २ करोड रुपैयाँ धरौटी मागेको अदालतका प्रवक्ता पुष्पराज पाण्डेले जानकारी दिएका छन् ।