गुल्मीमा सवारी कारवाहीबाट ६ महिनामा २६ लाख भन्दा धेरै राजस्व संकलन
जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले ६ महिनामा २६ लाख भन्दा धेरै राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्षको पुस महिनासम्म २६ लाख २१ हजार ५ सय रुपैयाँ बराबरको राजस्व संकलन गरेका हो ।
कार्यालयका अनुसार श्रावण महिना २ लाख ७२ हजार ५ सय, भाद्र महिनामा २ लाख ७९ हजार, असोज महिनामा ४ लाख २३ हजार ५ सय, कात्तिक महिनामा ५ लाख १२ हजार, मंसिर महिनामा ५ लाख ७० हजार र पौष महिनामा ५ लाख ६४ हजार ५ सय राजस्व संकलन गरेको हो ।