दोस्रो विवाह गर्दै अञ्जु पन्त, प्रेमीले सार्वजनिक गरे सँगै बसेको तस्बिर

काठमाडौं । गायिका अञ्जु पन्तले चाडै दोस्रो विवाह गर्ने भएकी छिन् । पतिसँगको डिभोर्स भएको लामो समयपछि उनले गीतकार थिर कोइरालासँग विवाह गर्ने पक्का भएको छ । थिरले केही दिन अगाडि अञ्जुसँगको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै विवाह गर्ने टुंगो लागेपछि मिति तय नभएको बताएका छन् ।
गीतकार कोइरालाले मिडियामा आएको खबर सत्य भएको बताउँदै केही समयदेखि एक अर्काको प्रेममा रहेको स्वीकार गरेका छन् । उनले बिहेको बिषयमा पनि चाडै नै जानकारी दिने लेखेका छन् ।
शुभेच्छुकहरुको सकारात्मक प्रतिक्रियाले आफूहरुलाई उत्साहित बनाएको भन्दै अझै धेरै मायाको अपेक्षा गरिएको उल्लेख गरेका छन् ।
एक दशक अगाडि गायक मनोजराजसँग डिभोर्स गरेपछि अञ्जु छोरी परितोशिकासँग रहँदै आएकी थिइन् । उनै, अञ्जुलाई छोरीले बिहे गर्नुपर्छ भनेर दबाब पनि दिदै आएकी उनी निकटस्थलहरुले बताएका छन् । अञ्जुले पनि छोरीको दबाबका कारण आफूले बिहेको बिषयमा सोचेको बताएकी छिन् ।