सकियो ‘आई एम ट्वान्टी वान’को छायांकन

काठमाडौं । प्रज्ज्वल शमशेशर जबराको निर्माणमा तयार भएको चलचित्र ‘आई एम ट्वान्टी वान’को छायांकन सकिए पनि प्रदर्शन मिति भने तय भएको छैन ।
काठमाण्डौ, धरान, ललितपुर लगायतका स्थानमा ५५ दिनमा चलचित्रको छायांकन गरिएको छ । रेनशा वान्तवा राइको निर्देशनमा तयार भएको चलचित्रमा नायक धिरज मगर र नायिका जसिता गुरुङको मुख्य भूमिका छ । यो चलचित्रलाई डान्सको कथामा निर्माण गरिएको छ ।
यो चलचित्र निर्देशन गरिसकेपछि मात्र नेपालमा डान्सको कथामा चलचित्र किन बनेन भनेर थाहा भएको वताउँदै रेनशाले यो निकै नै चुनौतीपूर्ण काम सकिएको महशुश भएको बताएकी छिन् ।
चलचित्रबाट १२ जना नयाँ अनुहारले डेब्यू गरेका छन् भने उनीहरुमध्ये ४–५ जनाले मात्र पनि यो क्षेत्रमा करिअर बनाए भने आफ्ना लागि खुशीको कुरा हुने राईले बताएकी छिन् ।
चलचित्रको एउटा गीतको छायांकन बाँकी रहेको बताउँदै रेनशाले चलचित्र रिलिज भएपछि यो क्षेत्रका लागि नयाँ कोशेली हुने पनि बताएकी छिन् ।