नेपाली कांग्रेसका पूर्व सभापति एबम पूर्व प्रधानमन्त्री कोइरालाको ७ औँ स्मृति दिवस गुल्मीमा पनि मनाइँयो

नेपाली कांग्रेसका पूर्व सभापति एबम पूर्व प्रधानमन्त्री शुसिल कोइरालाको ७ औँ स्मृति दिवस गुल्मीमा पनि मनाइँएको छ । नेपाल बिद्यार्थी संघ गुल्मीको आयोजनामा सदरमुकाम तम्घासको शहिद चोकमा दिप प्रज्वलन गरि यो दिवस मनाइँएको हो ।

सोमबार साँझ भएको दिप प्रज्वलन कार्यक्रममा नेपाली काँग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठले सम्बोधन गर्नुभएको थियो । सभापति श्रेष्ठले राजनैतिक परिवर्तन र उपल्ब्धीहरुलाई नेपाली काँग्रेसले संविधान निर्माण गरि लिपिबद्ध गरेको बताउनुभयो ।

देशले चार–चार वटा कम्युनिष्ट सरकार पाए पनि संविधान बनाउन नसकेको उल्लेख गर्दै प्रमुख अतिथि समेत रहनुभएका श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक संसद विघटन गरि संविधानको हत्या गरेको आरोप लगाउनुभयो । अहिले संविधानमाथि कुठराघात भइरहँदा संविधानका पिता एवम् नेपाली काँग्रेसका पूर्व प्रधानमन्त्री शुसिल कोइरालाई सम्झीनु अपरिहार्य रहेको उल्लेख गर्नुभयो । वर्तमान सरकारबाट संविधानको रक्षा हुन नसक्ने भएकाले अब यसको रक्षा गर्ने जिम्मेवारी काँग्रेसको काँधमा आएको दाबी गर्नुभयो ।
कोइराला नेपालको व्यवस्थापिका संसदबाट ०७० माघ २७ गते प्रधानमन्त्रीको पदमा निर्वाचित भएका थिए । उहाँ प्रधानमन्त्री भएकै बेला कोइरालाकै नेतृत्वमा ०७२ असोज ३ गते नेपालको नयाँ संविधान जारी गरिएको थियो ।
अनेक असहज परिस्थीतिहरुका बिच देशलाई नयाँ संविधान दिन उहाँले खेलेको भूमिकाका कारण कोइरालालाई बर्तमान संविधानका पिताको रुपमा समेत स्मरण गर्ने गरिन्छ । उहाँलाई नेपाली राजनीतिमा सादगी र निष्ठावान नेताका रुपमा लिने गरिन्छ ।
देश र लोकतन्त्रका खातिर उहाँले पूर्ण निष्ठाका साथ जिवन समर्पण गरेको इतिहास पछिल्लो पुस्ताका लागी समेत प्रेरणादायक रहिरहने छ । कोइरालाको जन्म पिता बोधप्रसाद र माता कुमुदिनीका ज्येष्ठ सुपुत्रका रूपमा विराटनगरमा भएको हो । कोइरालाले पार्टीमा लामो समयसम्म केन्द्रीय सदस्य, महामन्त्री, उपसभापति र कार्यवाहक सभापति भएर काम गर्नुभएको थियो ।