गुल्मी दरबारमा जेष्ठ नागरिक सम्मानित
गुल्मी – जिल्लाको गुल्मी दरबार गाउँ पालिकाले गाउँ पालिका भित्रका ८७ बर्ष भन्दा माथिका १०० जना जेष्ठ नागरिक लाई बडा तथा टोलमा र अशक्त जेष्ठ नागरिक हरुलाइ उहाँ हरुकै घरमा पुगि सम्मान स्वरुप न्यानो फाइबर सिरक प्रदान गरेको छ ! चालू आर्थिक बर्षको नीति तथा कार्यक्रम अन्तर्गत एक लाख रुपिया बजेट बाट जेष्ठ नागरिक हरुलाइ फाइबर सिरकले सम्मान गर्नुका साथै उहाँ हरुका समस्य र इच्छा हरुको बारेमा समेत अन्र्तरकृया गरिएको थियो ! जेष्ठ नागरिकहरु हाम्रा जिउँदो इतिहास र मार्गदर्शक भएको हुनाले उहाँ हरुलाइ सम्मान गर्न पाउदा आफू गौरवान्वित भएको गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्षमण पाण्डेले बताउनु भयो ! गाउँ पालिकाले ८४ बर्ष माथिका जेष्ठ नागरिक हरुलाइ घरमै पुगेर स्वास्थ्य परीक्षण र ७० बर्ष उमेर माथिका नागरिक लाई निशुल्क औषधिको व्यवस्थापन गर्दै आएको गाउँ पालिकाले जनाएको छ ! जेष्ठ नागरिकहरु संगै गाउँ पालिका सधैं साथमा रहेको भन्दै उनिहरुका समस्य र इच्छाहरु लाई पूरा गर्नको लागी गाउँ पालिका सधैं तत्पर रहेको गाउँ पालिकाका अध्यक्ष अशोककुमार थापाले बताउनु भयो !!