गुरुङलाई हटाएर दलको प्रमुख सचेतकको जिम्मेवारी भट्टराईलाई

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारीबाट देवप्रसाद गुरुङलाई हटाइएको छ भे सो जिम्मेवारी सांसद विशाल भट्टराईलाई दिइएको छ ।
पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले गुरुङलाई हटाएर भट्टराईलाई आज सो जिम्मेवारी दिनु भएको हो ।
दलभित्र विवाद शुरु भएपछि दुई समूहमा पुगेको नेकपाभित्र अहिले जिम्मेवारी हेरफेरको क्रम जारी छ । प्रतिनिधिसभा विघटन अघि नै ओलीले गुरुङलाई सो पदबाट हट्न चेतावनी दिएको समाचार आएको थियो ।
संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङकाअनुसार भट्टराईलाई आजैबाट लागू हुने गरी संसदीय दलका नेता तथा अध्यक्ष ओलीले सो जिम्मेवारी दिनुभएको हो ।
नेकपा संसदीय दलको सचेतकको जिम्मेवारीमा शान्ता चौधरी रहनुभएको छ ।
उता प्रतिनिधिसभा विघटन पछि नेकपाका दाहाल–नेपाल समूहले संसदीय दलको नेताबाट अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई हटाएर अर्का अध्यक्ष पुष्पकमल दाहाललाई चयन गरेको थियो । तर त्यसले कानूनी मान्यता भने पाएको छैन । पाउने सम्भावना पनि नरहेको बताइएको छ ।