७८ जना कोरोना संक्रमित थपिए, ८२ निको
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ७८ जना नयाँ संक्रमित थपिएका छन् भने ८२ जनामा सक्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा एक जनाको निधन भएको छ ।
मन्त्रालयका अनसार नेपालमा अहिलेसम्म संक्रमितको संख्या दुई लाख ७४ हजार १४३ पुगेको जनाएको छ । हालसम्म दुई लाख ७० हजार ४०७ जना निको भएका छन् । नेपालमा अहिलेसम्ममा ९८ दशमलब ६ प्रतिशत निको भएको छन् । हाल ९६७ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले उल्लेख गरेको छ ।
नेपालमा हालसम्म २१ लाख ६२ हजार ९३६ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । हाल ९६५ जना आइसोलेशनमा र ६८ जना क्वारेन्टिनमा छन् ।
हालसम्म कोरोना सङ्क्रमणे मृत्यु हुनेको संख्या दुई हजार ७७४ पुगेको मन्त्रालयले उल्लेख गरेको छ ।
आईसीयुमा ३२ जना र भेन्टिलेटरमा आठजनाको उपचार भैरहेको छ ।
दुई हजार ५३२ जनाको नमूना परीक्षण गर्दा २४ घण्टामा काठमाडौं उपत्यकामा ३७ जनामा कोरोना संक्रमण भएको छ । उपत्यकाको भक्तपुरमा छ, ललितपुरमा पाँच र काठमाडौंमा २६ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।